१ सय २३औ धरान डे बास्केटबल प्रतियोगितामा २४ टिम सहभागी

  • पुस २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ १ सय २३ औ धरान डेको अवसरमा आयोजित इन्टर स्कुल छात्र छात्रा थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएका छ्न ।

धरान उपमहानगरपालिकाको आयोजनामा आयोजित बास्केटबल प्रतियोगिताको आइतबार ड्र मार्फत खेल तालिका तयार गरिएको छ ।

प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ १९ टिमले सहभागिता जनाएका छन । पुस २३ र २४ गते सम्पन्न हुने प्रतियोगिताका महिला र पुरुष बिजेताले नगद ५ हजार, उपबिजेताले नगद २ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसै गरि प्रतियोगिताका एमभिपी (उत्कृष्ट खेलाडी) अवार्ड बिजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल इन्डोर बास्केटबल कोर्ट धरान रंगशालामा हुनेछ । प्रतियोगितामा धरान बास्केटबल संघको प्राबिधीक सहयोग रहेको छ ।

धरान उपमहानगरले पुस २० गते देखि २४ गते सम्म उत्सवको आयोजना गरि धरान डे मनाइरहेको छ ।

खेल तालिका धरान उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश शाह, प्रतियोगिता ब्यवस्थापक बिकाश चाम्लिङ राई, सहभागी बिद्यालय प्रतिनिधि लगायतको उपस्थितिमा तयार पारिएको थियो ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved