त्रिविको उपकुलपति खुल्ला प्रतिष्पर्धाबाट गर्न नेविसंघको माग

  • पुष २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी संघ सुनसरीले प्रधानमन्त्रीलाई पत्र लेखेको छ ।

नेविसंघ सुनसरीले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्रीलाई लेखेको पत्र प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको छ । नेविसंघले विभिन्न क्याम्पसका विद्यार्थीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गरेका छन् ।

शुक्रवार नेविसंघ जिल्ला सभापति प्रमोद भट्टराई सहितका विद्यार्थीहरूले आफूहरूले लेखेको पत्र प्रधानमन्त्रीलाई बुझाइदिन भन्दै हस्तान्तरण गरेका हुन ।

त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्नुपर्ने माग राख्दै नेविसंघ सुनसरीले त्रिविका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा प्रधानमन्त्रीलाई पत्र लेख्ने अभियान चलाएको थियो ।

सोही अभियान अन्तर्गत विभिन्न क्याम्पसबाट सङ्कलन भएका पत्रहरू प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको नेविसंघ सुनसरीका जिल्ला सभापति प्रमोद भट्टराईले जानकारी दिए ।

‘त्रिविको उपकुलपतिका लागि विज्ञापन गर्दै प्रस्ताव माग गरेको छ । तर त्यसका केही प्रावधानले फेरी त्रिवि भित्रकै व्यक्तिलाई छनौट गर्ने प्रयास गरेको देखिन्छ । यसमा हाम्रो असहमति र आपत्ति छ । त्यो सच्याएर खुल्ला प्रतिस्पर्धाबाट उपयुक्त र योग्य व्यक्ति छनौट गर्नुपर्छ’ नेविसंघ सभापति भट्टराईले भने ।

नेविसंघले सुनसरीका महेन्द्र बहुमुखी क्याम्पस धरान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी बहुमुखी क्याम्पस इनरुवा र सप्तकोसी बहुमुखी क्याम्पस बराहक्षेत्रबाट प्रधानमन्त्रीको नाममा ८ सय पत्र सङ्कलन गरेको सभापति भट्टराईले जानकारी दिए ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved