साना उद्योग संकटमा:सञ्चालन गर्नै कठिनाई भएको उद्योगीको गुनासो

  • मंसिर ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश घरेलु उद्योगमा पुगेको उद्योमीहरुले गुनासो गरेका छन् ।

नवौ उद्योग दिवसको अवसरमा घरेलु उद्योग तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगमीहरुले साना उद्योग बन्दै हुदै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् ।

आयातित वस्तुसँग प्रतिष्र्धा गर्न नसक्दा प्रविधि तथा बजारको पहुचबाट टाँढा हुदा यस्तो समस्या आएको उनीहरुको गुनासो छ ।

ढाकाटोपी उद्यमी रविजाल लिम्बुले केही अगाडिसम्म ढाका टोपीको राम्रो कारोबार हुने गरेपनि अहिले हुन छाडेको बताएका छन् ।

लागत महँगो पर्ने भएकोले सस्तोमा विक्री गर्न नसकिएकाले पेशाबाटै विस्थापित हुने अवस्था आएको उनको दुःखेसो छ ।

त्यस्तै दुग्ध उद्यमी पनि पेशाबाटै विस्थापित हुने अवस्था आएको उद्यमी काशीराज निरौलाको गुनासो छ । दुग्धको मूल्य बढेपछि बढेको दुग्धजन्य उत्पादनका कारण उत्पादन गोदामै थन्किएको उनको भनाई छ ।

यसैगरी कृषिजन्य उद्यमीको समेत अवस्था उस्तै रहेको गुनासो उद्यमीको छ ।

दिगो बजारको व्यवस्थापन नभएसम्म उद्यमी जहिल्यै समस्यामा पर्ने भन्दै दिगो बजारको व्यवस्थापन गरिदिन आग्रह समेत गरेका छन् । कार्यक्रममा साना उद्योगका प्रतिनिधि, घरेलु उद्योग तथा साना उद्योग कार्यालयका प्रनिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved