मन्त्रिपरिषद्को बैठक महिनामा एक पटक धनकुटामा बस्ने

  • मंसिर ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ धनकुटामा रहेको कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

धनकुटाबाट आएका नेपाली कांग्रेसका नेता र जनप्रतिनिधि भएको छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिनामा एक पटक मन्त्रिपरिषद्को बैठक सम्पर्क कार्यालयमा राख्ने सहमति जनाएका हुन् ।

कार्कीलाई धनकुटाका नेपाली काङ्ग्रेसका नेता र जनप्रतिनीधिहरुले ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै कोशीका मुख्यमन्त्री कार्कीले माग सम्बोधन गर्ने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बु समेत सहभागी थिए ।

ज्ञापन पत्र मार्फत महिनामा एक पटक मन्त्री परिषद्को बैठक राख्नु पर्ने माग ज्ञापन पत्र गरेका हुन् ।

धनकुटाले राजधानीको माग गर्दै लामो समय आन्दोलन गरेको थियो । ६८ दिन सम्म आन्दोलन चल्दा पनि प्रदेशको राजधानी विराटनगर तोकिएपछि उनीहरूको माग सम्बोधन गर्न मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको थियो ।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले कार्यालय स्थापना गरेका थिए । पहिलो कार्यकालमा त्यहाँ एउटा पनि बैठक बसेन ।

त्यहाँ सहायक कर्मचारीको भरमा कार्यालय सञ्चालित छ ।
नेपाली काँग्रेस धनकुटाको टोली विकास र समृद्धिका लागि कार्यक्रम माग गर्दै शुक्रवार मुख्यमन्त्री कार्कीसँग भेटघाट गर्न आएका थिए ।

नेपाली काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले भने, ‘महिनामा एउटा बैठक धनकुटामै गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनु भएको छ ।’

काँग्रेस टोलीले कोशी प्रदेशका मन्त्रीहरू समशेर राई र कमलप्रसाद जबेगुसँग पनि भेटघाट गरी आफ्ना माग राखेको छ । मुख्यमन्त्रीको सम्पर्क कार्यालयलाई साधन स्रोत र जनशक्तियुक्त बनाउनु पर्ने, मन्त्रिपरिषद्को बैठक धनकुटामा राख्नुपर्ने, धनकुटा अस्पतालको स्तरोन्नति हुनुपर्ने लगायत माग प्रदेश सरकारसमक्ष राखिएको राईले बताए ।

उनले भने, ‘हामीले लामो समय आन्दोलन गर्यौ, तर हाम्रा मागहरू पुरा भएन, पुरा गरिएर आश्वासन दिएका बिषय पनि कार्यान्वयन नभएपछि ज्ञापन पत्र बुझाउनु परेको होे ।’

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved