मानव सेवा आश्रमका असहायलाई भोजन

  • असोज १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने सहितका परिवारले बुवा–आमाको पुण्यथितिमा मानव सेवा आश्रमका असहायहरुलाई भोजन गराएका छन् ।

परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन गर्दै आश्रमका असहायहरुलाई एकछाक भोजन गराउनुका साथै टोपी समेत वितरण गरिएको थियो ।

अध्यक्ष नेउपाने सहित त्रिलोक नेउपाने र नगेन्द्रमणि न्यौपाने सहितका नेउपाने परिवारले विराटनगर–१० स्थित आश्रममै पुगेर असहायहरुलाई भोजन गराएका हुन् ।

सोह्रश्राद्धमा गरिने पितृ कार्यमा हुने खर्चलाई आश्रमका लागि प्रयोग गरिएको वडाध्यक्ष नेउपानेले बताए ।

उनले परिवर्तन आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर यस वर्षदेखि आश्रमका असहायहरुलाई भोजन गराउन सुरु गरिएको जानकारी दिए ।

जन्मदिन, वैवाहिक उत्सव र श्राद्धमा गरिने खर्च मानव सेवा आश्रममा आश्रितहरुका लागि खर्च गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा समाजसेवी त्रिलोक नेउपाने, नगेन्द्रमणि नेउपाने, विन्ध्या नेउपाने, बसपार्क संरक्षण समितिका अध्यक्ष पदम श्रेष्ठ, कवि एवं पत्रकार मीनकुमार नवोदित लगायतले विभिन्न नाममा गरिने अनावश्यक खर्चलाई कटौती गरेर आश्रमलाई सहयोग गर्दा छुट्टै आनन्द आउने बताए ।

आश्रममा ६० जना असहाय महिलाले आश्रय लिँदै आएका छन् ।

पछिल्लो समय आश्रममा पितृकार्य सहित जन्मदिन र वैवाहिक उत्सवका अवसरमा सहयोग गर्ने क्रम बढ्दै गएको आश्रममा कार्यरत पार्वती तिवारीले जानकारी दिइन् ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved