कांग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैनः माधव नेपाल

  • असोज १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

जनकपुर/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसविनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्।

बुधबार जनकपुरमा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेसविनाको सरकार कल्पना गर्न नसिकिने बताएका हुन्।

त्यसकारण गठबन्धनमा रहेका सबै दलहरू इमानदार हुनुपर्ने उनले बताए।

‘वर्तमान गठबन्धनमा रहेका दलहरूले सहमतिअनुसार आ-आफ्नो कार्यभार पूरा गर्नुपर्छ,’ उनले भने।

नेपालले सरकारले राम्रो काम गर्न खोजेपनि पर्याप्त नभएको बताउँदै सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्नुपर्ने बताए।

 ‘सबै इमान्दार हुन जरूरी छ, त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ,’ उनले भने।

नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल समेत गरेका छन्।

उनले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू–भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे।

रासस

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved