बाढिपिडितलाइ सहयोगार्थ हङकङमा "दशै तिहार फेस्ट"

  • कार्तिक ९, २०८३
  • कोशीपत्र/संवाददाता
alt _बिकास चाम्लिङ राई

धरान/ नेप्लिज आर्ट एण्ड इण्टरटेन्टमेन्ट कम्युनिटी हङकङको आयोजनामा अक्टुबर १८ आइतबारको दिन "दशै तिहार फेस्ट २०८३" भव्य रुपमा सम्पन्न भएको छ ।

 "एक भइ हातमा हात मिलाएर पुन: निर्माण र परिवर्तनमा सहभागी हौ " नाराका साथ रसुवाको भोटेकोसीमा भदौ १० गते आएको बाढीले पिडित भएकाहरुको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको थियो ।

हङकङको जोर्डन स्थित एभरेस्ट रेष्टुरेन्टको हलमा सम्पन्न कार्यक्रममा हङकङमा रहेका नेपाली कलाकारहरुको मात्र प्रस्तुती रहेको थियो ।

  यसै वर्ष मात्र स्थापना भएको सस्थाको यो पहिलो कार्यक्रम रहेको सस्थाका अध्यक्ष सेनिस गुरुङले बताएको छ ।

सात जनाको कार्यसमिती रहेको सस्थाको उद्देश्य हङकङेली नेपालिहरुमा रहेको क्षमता अभिबृद्धी तथा उनिहरुमा भएको क्षमतालाइ प्रफुटन गर्दै सामाजिक काम गर्ने रहेको अध्यक्ष गुरुङले बताए । क्षमता भएका धेरै हङकङेली नेपालिहरु भए पनि अवसर नपाउदा त्यसै हराएर गएको गुरुङले बताए ।

हाम्रो उद्देश्य भनेकै उनिहरुको क्षमता उजागार गर्ने साथै सम्भावना भएकाहरुलाइ प्रोत्साहन गर्ने रहेको बताए । 

यो पहिलो कार्यक्रममा साङ्गितिक तर्फको युवाहरु मात्र समेटिए पनि सस्थाले सबै क्षेत्रका क्षमता भएकाहरुलाइ प्रोत्साहन गर्ने तथा समेटने रहेको छ । 

आइतबार सम्पन्न कार्यक्रममा पाच सय जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रमा हङकङेली नेपालिहरुको ब्यण्ड अशान्त एण्ड साजन , उत्पत्ति र द मेल रकले प्रस्तुती दिएका थिए ।

यसै गरि नेपाली द्वारा संचालित ग्यालेक्सि डान्स स्टुडियो, सिभाइन डान्स स्टुडियो र संयुक्त डान्स सेन्टरका कलाकार्हरुले प्रस्तुती दिएका थिए । 

कार्यक्रम बाट उठेको रकम भोटेकोशी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिने अध्यक्ष गुरुङले जानकारी गराए ।

जानकारीमा आए अनुसार बाढिले एक खर्व भन्दा माथिको भौतिक पुर्वाधार क्षती भएको साथै अहिले सम्म १ हजार चार सय पचास जनाले ज्यान गुमाइसकेको छ भने ५ हजार भन्दा बढी अझै बेपत्त रहेको छ । 

 कार्यक्रममा धरान हङकङ मन्चका अध्यक्ष संजोक राई, बास्केटबलका पुर्व राष्ट्रिय प्रशिक्षक एवं धरान हङकङ मन्चका सचिब बिकाश चाम्लिङ राई, धरान युथ एशोसिएसनका अध्यक्ष अमोद तुलाधर, युवा नेता अर्जुन लिम्बू, युवा नेता तथा मन्चका सदस्य आबिष्कार लिम्बू लगायत बिशेश अतिथिको रुपमा उपस्थिती रहेको थियो । 

सप्तकोशीमा पानीबोट द ...

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस ...

इनरुवामा दुई जना पक् ...

इनरुवा/ सुनसरीको इनरुवामा मलद्वारमा लुकाएर ल्याइएक ...

आफ्नै नामको फुटबल कप ...

धरान/ इटहरीमा मङ्सिर १० गतेदेखि हुने ‘हर्क साम्पा ...

हिसाबकिताब नमिलेपछि ...

धरान/ धरानमा  हर्कराज राई (हर्क साम्पाङ) को परिकल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved