लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

  • असोज १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ ।

विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ ।

शैक्षिक क्षेत्रमा इतिहास बोकेको दुई कलेजहरुले मर्ज गरी बिधार्थीहरुलाई समय सापेक्ष एवम् प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मर्ज गरिएको लर्ड बुद्ध कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले जानकारी दिए । मर्जर पछिको यस कलेजले प्रदेश तथा राष्ट्रिय स्तरमा अब्बल शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गर्दै अगाडी बढने उनले बताए ।

२१ आंै शताब्दी सुहाउदो अन्तराष्ट्रिय स्तरको मापदण्डलाई पूरा गर्ने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अबका दिनमा अवलम्वन गर्ने कार्यक्रम रहेको उनले सुनाए ।

उनले भने, ‘कलेजले राष्ट्रिय तथा प्रादेशिक रुपमा प्राप्त गरेको सफलता चाहे त्यो शैक्षिक वा अतिरिक्त क्रियाकलापको नतिजा नै किन नहोस् त्यसको पछाडिको महत्वपूर्ण कडी भनेको हाम्रो आदरणीय अभिभावकवर्गले हामिप्रति अहिलेसम्म गर्नुभएको बिश्वास तथा प्रगाढ स्नेहले गर्दा नै हो,

अगामी दिनमा परिवर्तित शैक्षिक परिवेशलाई मध्यनजर गर्दै लैजाने नीति तथा कार्यक्रमहरुलाई यहाँहरुले हार्दिकताका साथ ग्रहण गरी कलेजको शैक्षिक उन्नयनमा सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षा गर्दछौं ।’

मर्जर प्रक्रिया शैक्षिक उन्नति, प्रगति तथा शिक्षण सिकाइका लागि एउटा सकारात्मक कदम हुने बताइएको छ । दुई शैक्षिक संस्था मर्जपछि शैक्षिक संस्थाबाट अझ उत्कृष्ट, गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै असल, चरित्रवान, नैतिकवान नागरिक उत्पादन गर्ने जनाएको छ ।

मर्जबाट दुवै संस्थाहरुले संचालन गर्दै आएको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सम्पूर्ण कार्यक्रमहरु एक आपसमा समाहित भई संचालन हुने कलेजले जनाएको छ ।

व्यवस्थापन, कानुन, शिक्षा संकाय अध्यापन हुँदै आएको कलेजमा मर्ज पछि यस कलेजमा बिशेष गरि सुचना प्रविधी सम्बन्धी कोर्षहरुको पनि पढाई हुनेछ ।

दुवै कलेजले संयुक्त रुपमा जारी गरेको विज्ञाप्तीमा उल्लेख छ, ‘हाम्रो उद्देश्य आजको बजार सुहाउँदो व्यबहारिक शिक्षा प्रदान गर्नु रहेको छ, हामी विधार्थीलाई व्यवहारिक शिक्षाको साथै रोजगारीको अवसर पनि प्रदान गर्नेछौ, हामी यस कलेजको नयाँ भविष्यको बारेमा अत्यन्त संवेदनसिल एवम् उत्साहित छौ, हामी विश्वास गर्दर्छाै कि यो मर्जर कार्यक्रमले बिधार्थीहरुको सिकाई उपलब्धीमा बृद्दि भई उनीहरुको शैक्षिक, शारीरिक,

मानसिक एवम् चरित्र निर्माणमा कोसेढुङ्गा सावित हुनेछ ।

प्रविधिमैत्रि वातावरण र अहिलेको समय सापेक्ष अनुसार सिक्ने सिकाउने अभियानमा हामी सदैव सचेत रहिरहने छौ ।’


लर्डबुद्धको तर्फबाट प्रबन्धक निर्देशक राजेश भट्टराई र विराट क्षितिज कलेजको तर्फबाट प्रबन्ध निर्देशक निरिश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यसअघि पनि लर्डबुद्ध कलेजले कोशी कलेजसँग मर्ज गरी सकेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved