इनरुवा/ सुनसरीको इनरुवामा मलद्वारमा लुकाएर ल्याइएको ब्राउनसुगर लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साल कात्तिक ८ गते दिउँसो २ बजे इनरुवा नगरपालिका–४ स्थित बसचोकमा खटिएको अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका तीन जनालाई जाँच गरेको थियो।
लौकहीबाट इनरुवातर्फ आउँदै गरेका सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, सोही ठाउँका ३२ वर्षीय तुलसी खड्का र इटहरी उपमहानगरपालिका–९ का ३२ वर्षीय मुकेश भुजेललाई प्रहरीले जाँच गरेको थियो।
जाँचका क्रममा घिमिरेले मलद्वारमा लुकाएर ल्याएको ७२० मिलिग्राम र भुजेलले लुकाएर ल्याएको ३ ग्राम ३० मिलिग्राम गरी कुल ३ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित घिमिरे र भुजेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले जाँचका क्रममा लागूऔषध फेला परेका दुवै जनामाथि थप अनुसन्धान गरिरहेको छ।