तरुण दलले धरान १४ का सडकका खाल्डाखुल्डी पुर्‍यो

  • भदौ ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको धार्मिक क्षेत्र धरान १४ विजयपुरमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने काम भएको छ ।

नेपाली काँग्रेससँग आवद्ध तरुण दल धरान उपमहानगर समतिले १४ नं. वडा समितिको सहयोगमा खाल्डाखुल्डी पुर्ने काम गरेको हो ।

धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय क्षेत्र हो । यस क्षेत्रमा भएका सडकका खाल्डाखुल्डीका कारण विजयपुर आउने धार्मिक पर्यटकहरुलाई असहज भएको थियो ।

यसैलाई मध्यनजगर गरी नेपाल तरुण दल धरान उपमहानगर समितिको आयोजनमा तथा धरान उपमहानगरपालिका वडा नं. १४ नं. वडा समितिको सहयोगमा विजयपुर क्षेत्रभित्र रहेका सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको हो ।

यो क्षेत्रमा रहेका पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या लगायतका मन्दिरमा दैनिक सैयौ भक्तजन आउदा सडकमा भएका खाल्डाखुल्डीले आवागमनमा समस्या भएपछि उपमहानगरपालिकाको सहयोगमा पुर्ने काम गरिएको तरुण दलका धरान नगर अध्यक्ष.एवम् १४ नं. वडा समितिका सदस्य. रामबहादुर तामाङले बताए ।

पार्टी प्रति नेपाली जनताको वितृष्णा बढिरहेको समयमा यसलाई चिर्न पनि नेपाली काँग्रेसको युवा दस्ता तरुण दल धरान उपमहानगर समितिले सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको उपाध्यक्ष .विक्रम तामाङले बताए ।

विगतदेखि नै यस यस क्षेत्रमा भएका सडकका खाल्डाखुल्डीका कारण बर्षाद्को समयमा सवारी साधनलाई आवागमनमा समस्या भएको थियो ।

सडकको स्तरोन्नति नभएको अवस्थामा नेपाली काँग्रेसको युवा दस्ता दरुण दल धरान उपमहानगर समितिले गरेको कार्यले मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकलाई सहज भएको छ ।

 

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved