दोस्रो धरान मेघा रेवाहाङ बास्केटवलः प्रभात, डिपो, धरान उच्च र सियोन क्वाटर फाइनल प्रवेश

  • भदौ २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्विरः विकास चाम्लिङ राई

धरान/  मेघा हिमालयन कलेजको आयोजनामा आयोजित दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको दोस्रो दिन प्रभात स्कुल, डिपो स्कुल, धरान उच्च र सियोन स्कुल विजयी भएका छन ।

मंगलवार भएको खेलमा  प्रभात स्कुलले हिमशिखर तरहरालाई ३३–२९, डिपोस्कुलले आयोजक धरान मेघालाई ३९–३४, धरान उच्च विले विष्णु स्कुललाई ३१–२०, सियोन स्कुलले आर्दश म्यानेजमेन्ट स्कुल विर्तामोडलाई २७–१९ र धरान उच्च एले युएन नवदयलाई ५७–१९ अंकको अन्तरले पराजित गर्दै क्वाफाइनल प्रवेश गरेका हुन ।

20230912_122711

आफ्नो टिमलाई जित दिलाउनका लागि पहिलो खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत १५ अंक, दोस्रो खेलमा डिपोका रुपक श्रेष्ठले १८, तेस्रो खेलमा धरान उच्च विका प्रमिस रानाले १३, चौथो खेलमा सयोन स्कुलका सम्योग राईले ९ र उच्च ए का पियुस तामाङले १७ अंक जोडेका थिए ।

20230912_122843


भोलिको खेल वुधवार धरान आर्दश र वाल संसार धनकुटा, डिपो स्कुल र धरान उच्च ए, होलिल्याण्ड र सियोन स्कुल र प्रभात स्कुल र धरान उच्च वि टिम विच क्वाटर फाइनल खेल हुनेछ ।

 भाद्र २५ देखि ३० गते सम्म संपन्न हुने प्रतियोगिता उदयमान बास्केटवल खेलाडि रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा आयोजना भएको हो ।20230912_122820

प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटवल कोर्टमा हुनेछ ।

प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved