मिस धरान आइकन २०२३ दोस्रो संस्करणको अडिशन शुरु

  • भदौ २७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/   धरानस्थित हाङ्गकोक सारंग कोरियन रेस्टुरेन्टमा मंगलबार 'मिस धरानआईकन "को दोस्रो संस्करणको पहिलो अडिसन सम्पन्न भएको छ।

धरानका विभिन्न कलेज एक्टिभेसन तथा अनलाइन फर्ममार्फत् सहभागी भएकाहरूबीच पहिलो अडिसन मङ्गलबार सम्पन्न गरिएको हो ।

प्रतियोगिताका लागि ११ जना प्रतियोगी सहभागी भएको आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टले जनाएको छ ।

Miss-Dharan-Icon-audition--(3)

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका युवतीहरू प्रतियोगितामा भाग लिन पाउने व्यवस्था गरिएको छ ।

पहिलो अडिसनको निर्णायकमा कोरियोग्राफर प्रोजिता लामा, मिस धरान आइकनको फस्ट रनरअप प्रेजिना राई र सेकेन्ड रनरअप श्वेता विश्वकर्मा पोखरेल रहेका थिए ।

हरिहाङ तिगेलाका अनुसार  मिस धरान आइकन को अफिसियल फेसबुक पेज www.facebook.com/missdharaniconofficial मा रहेको अनलाइन फर्म https://shorturl.at/ghkNT   मार्फत  आवेदनहरू दिन सकिने  तिगेलाले बताए ।

Miss-Dharan-Icon-audition--(11)

अडिसनबाट फाइनल राउन्डका लागि २० जना युवतीहरू छनौट गरी प्रशिक्षण दिने भएको छ ।

उनीहरूलाई व्यक्तित्व विकास, फेसन, र्‍यामवर्क, सौन्दर्यसम्बन्धी ज्ञान, पर्यटन, इतिहास, क्याटवकलगायतका प्रशिक्षण दिइने भएको छ ।

Miss-Dharan-Icon-audition--(10)

विजेताले नगद ५० हजार, फस्ट रनरअपले नगद ३० हजार र सेकेन्ड रनरअपले नगद २० हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्ने तिगेलाले जानकारी दिए ।

पहिलो संस्करणको विजेता आशमाया राई रहेकी थिइन् । फाइनल आउँदो असोज २६ गते धरानमा गरिने भएको छ ।Miss-Dharan-Icon-audition--(6) Miss-Dharan-Icon-audition--(8) Miss-Dharan-Icon-audition--(2)

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved