धरानमा १५ मा आगलागी घर पूर्ण रुपमा जलेर नष्ट

  • भदौ २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान १५ मदन आश्रित चौकको एक घरमा आगलागी भएको छ । मदन आश्रित चौक कोकोनट हाउस छेउमा रहेको सीता धितालको काठले बनेको टिनको छाना भएको दुई तले घरमा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेका सुनचाँदीका गहना, लत्ताकपडा, दुई वटा बाख्रा लगायतका सरसमान जलेर नष्ट भएको हो ।

विहान खाना पकाउने क्रममा ग्याँस पड्केर आगलागी भएको पीडित सीता धितालकी कान्छी बुहारी कल्पना धितालले बताइन् । धरान उपमहानगरपालिकाको दुई वटा दमकल, जनपथ प्रहरी, नगर प्रहरी र स्थानीय प्रहरीले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको पीडित कल्पनाले जानकारी दिइन् । उनँले अगालागीबाट करिब १ करोड बराबरको क्षति भएको बताइन् ।

aagolagi

खाना पकाउने क्रममा ग्यास बाल्ने क्रममा ग्यासबाट ह्वात्तै आगो सल्किएको र त्यसपछि ग्यास पड्एिको पीडित कल्पनाले बताइन । घरमा रहनु भएकी सासु आमा र बालबच्चालाई जोगाउन सकिए पनि घरभित्र रहेका सरसमान निकाल्न नसक्दा सबै जलेर नष्ट भएको उनको भनाई छ ।

आगलागीपश्चात गाउँलेहरुले दमकललाई खबर गरेको भएपनि घर तथा घरभित्र राखिएका सरसमान जोगाउन नसकिएको कल्पनाले बताइन् ।

अहिले आगलागी नियन्त्रणमा आए पनि पीडित परिवारको बस्ने बास समेत छैन । परिवारका तीनै भाई वैदेशिक रोजगारमा रहेको कल्पनाले बताइन । आगलागी पश्चात परिवार विचल्ली भएका छन् । पीडित परिवारले आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको दाबी गरे पनि प्रहरीले भने यति नै क्षति भयो भनेर अहिले भन्न सकेको छैन । प्रहरीले भने क्षतिको विवरण आउन बाँकी रहेको बताएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved