वडा नम्बर ९ लाई निशुल्क रगत उपलब्ध गराउने " स्नेहा श्रेष्ठ "

  • भदौ २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / वडावासीहरुलाई निशुल्क रगत उपलब्ध गराउन धरान उपमहानगरपालिका वडा नम्बर ९ ले नेपाल रेडक्रस सोसाइटी सुनसरी संग सम्झौता गरिएको छ ।

रेडक्रस र धरान वडा नम्बर ९ कार्यालय बीच निःशुल्क रगत उपलब्ध गराउनेबारे मंगलबार सम्झौता गरिएको छ । नेपाल रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्झौता पत्रमा वडा नम्बर ९ का अध्यक्ष रुपेश आचार्य र रेडक्रसका सभापति उमेश थापाले हस्ताक्षर गरेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैंकमा रगतको विभिन्न परीक्षण, ब्लड ब्याग, ट्रान्सफ्युजन लगायत रगत आवश्यक हुँदा एक हजार पचास रुपैया शुल्क तिर्नु पर्ने हुन्छ । सम्झौता अनुसार रगतको आवश्यकता भएका विमारीहरु धरान वडा नम्बर ९ मा बसोबास गरेका तथा वडा बाटै मतदाता परिचयपत्र लिएको हुनुपर्ने छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य अस्पतालमा उपचार गराइरहेका विरामीहरुलाई आवश्यक्ता अनुसार रेडक्रसले रगत उपलब्ध गराउने भएको छ । वडाले पनि बर्षमा एकपटक रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । रेडक्रस सभापति थापाको अध्यक्षतामा कार्यालयकै सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुज कुमार घिमिरे, पुर्व सभापति टोमप्रसाद आचार्य, शिक्षक नायक भवानी खतिवडा, नेवाः देय दवुका सल्लाहकार सरला कायस्थ लगाएतको उपस्थिति रहेको थियोे ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved