करिव २ दशक पहिले हिट गीतको नयाँ भर्सनमा मोडल बादल श्रेष्ठ र गरिमा शर्माको अभिनय

  • भदौ १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / पछिल्लो समयका उदयमान मोडल बादल श्रेष्ठले अभिनय गरेको गित सागर बरु सुकेर गैजाला बोलको गित हालै मात्रै सार्वजनिक भएको छ । मोडल बादल श्रेष्ठलाई  सागर बरु सुकेर गैजाला  गीतबाट ठूलो आशा रहेको बताए ।

नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले शुक्रबार इटहरीमा आयोजना गरेको पत्रकार समेलन कार्यक्रममा उनले सार्वजनिक गित बारे जानकारी दिएका छन ।

उक्त कार्यक्रमलाई नेपाल चलचित्र पत्रकार संघ, कोशी प्रदेशले आयोजना गरेको थियो । कार्यक्रमका बोल्दै मोडल श्रेष्ठले सागर बरु सुकेर गैजालाु गीतमा आफ्नो तर्फबाट सक्दो मेहनत गरेको र त्यसको आउटपुट पनि राम्रो आएकोु बताउदै सबैले भिडियोलाई युट्युबमा हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

मोरङको बेलबारी निवासी उनी काठमाडौ भन्दा बाहिर आफ्नै ठाउँमा बसेर पनि उत्कृष्ट काम गर्दै लोकप्रिय बन्न सकिन्छ भन्ने सोचका साथ आफ्नो मोडलिङ यात्रालाई अगाडि बढाइरहेका छन् । कार्यक्रममा मोडल श्रेष्ठले कलाकारिता यात्राको भोगाई र आगामी दिनका योजनाका बारेमा जानकारी गराएका थिए ।

श्रेष्ठले अहिलेसम्म २५ बढी म्युजिक भिडियोमा काम गरिसकेका छन भने केही चलचित्रमा अभिनय समेत गरिसकेका छन् तर, हालै सार्वजनिक सागर बरु सुकेर गैजालाु गीतबाट भने आफ्नो निकै आशा राखेको दर्शकहरुले पनि उक्त गित रुचाउने विश्वास गरेको बताए । उनी सँगै कार्यक्रममा सहभागी मोडल बिनोद बस्नेतले समेत उनको अभिनयको तारिफ गरेका छन् ।

चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष नरेन्द्र बस्नेतको सभापतित्वमा भएको कार्यक्रम चलचित्र पत्रकार संघ सुनसरीका उपाध्यक्ष मनोज दाहालले सञ्चालन गरेका थिए भने संघका कोशी प्रदेश सदस्य सुवास संकल्पले स्वागत मन्तव्य राखेका थिए ।उनी अभिनित सागर बरु सुकेर गैजाला गीत एक समयमा निकै लोकप्रिय र चर्चित गीत हो ।

हालै सो गीतलाई नयाँ भर्सनमा निकालिएको हो । आज भन्दा करिब २३ वर्षअघि रेकर्ड उक्त गीतको मेल भर्सनमा दिपक लिम्बुको स्वर रहेको थियो भने अहिलेको नयाँ भर्सनमा समेत लिम्बूको नै स्वर समावेश गरिएको छ । सो गीतमा सिन्धु रानाको शब्द समावेश गरिएको छ भने रेशमलाल चौधरीले गीतलाई कम्पोज गरेका छन् ।

मोडल बादललाई भिडियोमा लोकप्रिय मोडल गरिमा शर्माले साथ दिएकी छन् । निकेश खड्का दुारा निर्देशन गरेको भिडियोलाई हरि हुमागाईले छायांकन गरेका हुन भने विकाश धमलाले भिडियो सम्पादन गरेका छन् । उक्त सार्वजनिक गितको भिडियोलाई गायक दिपक लिम्बुकै नाममा रहेको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved