कानेपोखरी बजारमा बिजुलि बत्तीको व्यवस्थापन नहुदा व्यापारीहरु समस्यामा

  • साउन १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / कानेपोखरी गाउँपालिकामा रहेको मुख्य बजारको रुपमा चिनिने रमाइलो बजारमा बत्तीको उचित व्यवस्थापन नहुदा ब्यापारीहरुले निकै लामो समयदेखि समस्या भोगिरहेका छन ।

कानेपोखरी गाउँपालिकाले बत्तीको व्यवस्थापन नगर्दा व्यापारीहरु समस्यामा परेको बताउछन । कानेपोखरीको सबै भन्दा पुरानो बजार भनेर पनि चिनिन्छ रमाइलो बजार  अझै पनि व्यव्स्थित हुन  सकेको छैन। बिगत लामो समय देखि रमाइलो बजारमा व्यापारीहरु व्यापार गर्दै आइरहेको छन ।

ब्यापारीहरुले प्रत्येक बर्ष बजार समितीलाई पैसा तिरेपनि पैसा तिरेको सेवा सुबिधा नपाएको ब्यापारीहरुको गुनासो रहेको छ।रमाइलो बजारमा बत्ती नहुदा ब्यापारीहरुले दिनभरि जसोतसो ब्यापार गरेपनि साझ परेपछि सामान थनकाउन निकै कष्ट हुने गरेको बताउछन । अध्यारोमा दिनभरि फिजाएको सामान बढुलदा कता मिसिने कति हराउने समेत गर्छ ।

हरेक दिन अन्धकारमा मोबाइलको बत्ती बालेर सामानहरु थनकाउने उनिहरुको बाध्यतामा रहेको छ । ब्यापारी भन्छन गाउँपालिकाले सडकोपोल र बजार क्षेत्र भित्र बत्तीको व्यवस्थापन गर्दिए ब्यापार गर्ने सहज हुने ब्यापारीहरु को भनाइ छ । बजार क्षेत्र भित्र जताभावि छरिएको फोहोरले बजारमा झनै दुर्गन्धित भएको ब्यापारीहरुको गुनासो रहेको छ ।

बजार क्षेत्रमा जतासुकै पानी जम्ने खाल्डा खुल्डी र बजार क्षेत्रमा टुवालेटको समेत व्यवस्थापन नभएको ब्यापारीहरुको गुनासो रहेको छ । कानेपोखरी गाउँपालिकाले फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, खानेपानीको व्यवस्थापन, बजार क्षेत्रमा बत्ती जडान गर्दिन ब्यापारीहरुले माग गरेका छन ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved