माग सम्बोधन नभएसम्म नगरपरिषद बहिष्कार गर्ने चेतावनी

  • साउन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई वेवास्ता गरेको भन्दै धनकुटामा सदस्यहरुले नगरपरिषद्को बैठक बहिष्कार गरेका छन् ।

धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले आफूहरुको माग सम्बोधन नगरेसम्म नगरपरिषदको बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वावाचित जनप्रतिनिधिहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् ।

नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई अपहेलना गरेको उनीहरको आरोप छ । प्रेस विज्ञप्ती प्रकाशित गर्दै उनीहरुले धनकुटा नगरको विकास र सम्मृद्धीका लागि कार्यपालिकाको बैठकबाट प्रस्ताव तथा निर्णयहरु गर्ने गराउने र नगरवासीहरुको हितका लागि सम्पूर्ण कार्य गर्न कार्यपालिका मार्फत पहल गर्ने प्रतिबद्धता सदस्यहरुले गरेका छन ।

उनीहरुले अहिले भएको खानेपानी उपभोक्ता समिति तत्काल विगठन गर्नुपर्ने, लेखा समितिको कार्यविधि बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने तथा नगरपरिषदबाट गत बर्ष पास भएका विषयहरु तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन ।

उनीहरुले राखेका मागलाई वेवस्ता गरिएमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएका छन ।

 

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved