माग सम्बोधन नभएसम्म नगरपरिषद बहिष्कार गर्ने चेतावनी

  • साउन ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई वेवास्ता गरेको भन्दै धनकुटामा सदस्यहरुले नगरपरिषद्को बैठक बहिष्कार गरेका छन् ।

धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले आफूहरुको माग सम्बोधन नगरेसम्म नगरपरिषदको बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वावाचित जनप्रतिनिधिहरुले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् ।

नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई अपहेलना गरेको उनीहरको आरोप छ । प्रेस विज्ञप्ती प्रकाशित गर्दै उनीहरुले धनकुटा नगरको विकास र सम्मृद्धीका लागि कार्यपालिकाको बैठकबाट प्रस्ताव तथा निर्णयहरु गर्ने गराउने र नगरवासीहरुको हितका लागि सम्पूर्ण कार्य गर्न कार्यपालिका मार्फत पहल गर्ने प्रतिबद्धता सदस्यहरुले गरेका छन ।

उनीहरुले अहिले भएको खानेपानी उपभोक्ता समिति तत्काल विगठन गर्नुपर्ने, लेखा समितिको कार्यविधि बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने तथा नगरपरिषदबाट गत बर्ष पास भएका विषयहरु तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन ।

उनीहरुले राखेका मागलाई वेवस्ता गरिएमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएका छन ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved