मेघा कलेजमा प्रवेश परीक्षा सम्पन्न

  • असार २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान-१२ को मेघा हिमालयन कलेजले कक्षा ११ मा नयाँ भर्नाका लागि शुक्रबार प्रवेश परीक्षा लिएको छ ।

२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा ४५० भन्दा बढी विद्यार्थी सम्मिलित भएको कलेजका एकेडेमीक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।

गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिने भएकोले पछिल्ला वर्षहरूमा विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइ मेघा हिमालयन नै हुने गरेको कलेजका प्रिन्सिपल भाष्कर पौड्यालको भनाइ छ ।

शुक्रबारको प्रवेश परीक्षामा पनि प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू सहभागी भएका थिए ।

मेघा कलेजमा प्योर साइन्सका साथै कम्प्युटर साइन्स तथा म्यानेजमेन्टअन्तर्गत होटल म्यानेजमेन्ट एवम् ट्राभल एन्ड टुरिजम,

कानुन विषय पनि पठनपाठन हुने गरेको छ ।
विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै कलेजले स्वास्थ्यकर्मीसहितको उपचार कक्ष पनि निर्माण गरेको छ ।

यस उमेरमा विभिन्न शारीरिक र मानसिक समस्या देखिने भएको हुँदा उचित उपचार र परामर्शका लागि यस्तो व्यवस्था गरिएको अध्यक्ष कैलाश सुब्बाले जनाए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved