नेपाली काँग्रेसद्धारा धरानमा जेपी जयन्तीमा सरसफाई " मन्दिर, मस्जिद गुम्बा र चर्चमा सरसफाई "

  • असार १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ १००औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद,

धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ ।

सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए । 

उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान, २०७२ मा धर्मनिरपेक्ष राष्ट्र कायम गराइएको भन्दै त्यसको समेत सन्देश दिनका साथसाथै

नेपाली कांग्रेस सबै धर्मप्रति समान व्यवहार र सम्मान राख्दछ र सबैले सबैको धर्मप्रति सम्मान र समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन विभिन्न पवित्र धार्मिक स्थलहरुमा सरसफाई गरिएको बताएका छन् । 

नेपाली कांग्रेसले मन्दिर, मस्जिद, गुम्बा र चर्च जस्ता पवित्र धार्मिक स्थलहरुको सरसफाई गरेको कार्यले नेता र दलमा लागेको दागहरुलाई पनि सरसफाई गर्नुपर्छ भन्ने सन्देश गएको अनुग्रह चर्चका पाष्टर पर्शु गुरङले बताएका छन् । 

कांग्रेसले सम्मेलनको अवसरमा असार १९ गते ८ बजे धरान १३ मा रहेको अमरहाट स्थित व्याडमिन्टन हलमा व्याडमिन्ट प्रतियोगिता, असार २० गते २ बजे धरान १६ मा रहेको धरान रंगशालामा नेपाल पत्रकार महासंघ र पार्टी वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता,

असार २१ गते १ बजे बराहक्षेत्र ५ मा रहेको कालाबञ्जार हलमा रस्सी तान प्रतियोगिता र असार २२ गते धरान २ स्थित लोकतान्त्रिक चौक (भानुचौक) वाट ५ कि.मि. दौड प्रतियोगिताको आयोजना गर्ने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताएका छन् ।

असार २९ र ३० गते कांग्रेसका प्रभावशाली यूवा नेता महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान १३ स्थित धरान व्यान्क्वेटमा दुईदिने सम्मेलन गर्ने समेत क्षेत्रीय सचिव महेन्द्र प्रधानले बताएका छन् ।

सरसफाई कार्यक्रममा महासमिति सदस्य सुवास राई, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, राजु शाह, कांग्रेस नेता किशोर राई, जिल्ला सदस्य विनोद घिमिरे, क्षेत्रीय सल्लाहकारहरु अजय राई, रत्न रिमाल, मनोज घिमिरे, निर्मला गुरुङ,

३ नं. वडा अध्यक्ष विद्या शाक्य, क्षेत्रीय सचिव केशव पुरी, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, सदस्यहरु लोकमणि शर्मा, सन्ध्या श्रेष्ठ, सम्राट क्षेत्री, गोपाल कार्की, सुमन श्रेष्ठ, कमल भट्टराई, दुर्गा शिवाकोटी, प्रदेशसभा १(१) सचिव राजेन्द्र राई, कोषाध्यक्ष रविना गुरुङ, सहसचिव रमिता श्रेष्ठ,

प्रदेशसभा १(२) कोषाध्यक्ष हरि थापा, मुस्लिम संघ केन्द्रीय सदस्य अलिम अन्सारी, पूर्व जिल्ला सदस्य प्रभाव खतिवडा, वराहक्षेत्र नगर सदस्य दिनेश राई, सभापतिहरु उत्तम राई, श्याम श्रेष्ठ, डम्बर गुरुङ, टंक सुवेदी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved