ब्यवसायीलाई एकदिने करदाता शिक्षा

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्विर: सन्जु राई

धरान /नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले सोमबार एक दिने व्यवसायी करदाता शिक्षा प्रदान गरेको छ।

वर्तमान कर व्यवस्था एवं आर्थिक बिधेयक २०८० मा भएका प्रमुख प्रावधान साथै भ्याट सम्बन्धि शिक्षाको तालिम दिएको हो ।

नयाँ व्यवसाय गर्ने र पुराना व्यवसायीहरुलाई कसरी करको दायरामा रहन सकिन्छ, करका किसिम र व्यवसायमा दैनिकी हुने कारोबारलाई कम्प्युटरमा मात्रै नभएर दैनिकि कारोबार समेत लेख्ने,

एउटै पान नम्बर भएको व्यवसाय बाट अन्य ठाउँमा समेत शाखा तथा अन्य व्यवसाय गर्ने सकिने, एउटै पान नम्बर विल बाट शाखा खुलाएर विल बनाउन सकिने विषयमा समेत प्रशिक्षण गराएको थियो ।

353672592_1636669513483570_3311589139715894291_n-(1)

राजस्व कार्यलयले पछिल्लो समय कुनै पनि सामान अर्थात बस्तु खरिद कर्ता र बिक्रि कर्ताले अनिवार्य विल दिने र लिने विधि लागु गरेको छ ।

नियम उल्लंघन गरेक‍ो पाएका दुबै पक्षलाई एक हजार जरिवाना तोकिएको समेत जानकारी दिएका छन।

तालिममा धरान नगरभरीका ८५ जना व्यवसायीहरुले सभागिता जनाएका थिए ।

करदाता तालिमको प्रशिक्षण आन्तरिक राजस्व कार्यलय धरानका प्रमुख गोबिन्द राज आचार्य र कम्प्युटर अपरेटर गोबिन्द पौडेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिती प्रदेश सभा सदस्य यसोदा कायस्थ ,अन्य अथितिमा नेपाल उघोग तथा व्यवसाय माहाँ सघंका सुनसरी अध्यक्ष काजी गिरी ,

नेपाल व्यवसाय माहासंघ धरान नगर अध्यक्ष हरिवाहादुर कार्की , नेकपा एमाले धरान नगर सह-सचिव योगेश बाबु काफ्ले लगायत अन्य अथितीहरुको उपस्थिति रहेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved