रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट, पूर्वाधार निर्माण प्राथमिकता

  • असार ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन्।

उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २०रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् । जस अन्तगर्त नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यसैगरी आन्तरिक राजश्वमा २ करोड ७५ लाख आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै मालपोत तर्फ (स्थानीय राजश्व बाँडफाँड) ४ करोड, नेपाल सरकार शसर्त अनुदानमा ३१ करोड ३ लाख, नेपाल सरकार समपुरक अनुदानमा २ करोड २५ लाख, नेपाल सरकार विषेश अनुदान ७२ लाख र प्रदेश सरकार शसर्त अनुदानमा ४ करोड ४३ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएको नगर प्रमुख एवम् नगरसभा अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए ।

उनका अनुसार सोही बजेट अन्तर्गत क्षेत्रगत रुपमा आर्थिक विकासमा ३ करोड ६७ लाख, सामाजिक विकासतर्फ २७ करोड ५० लाख २१ हजार ७ सय ४८, पूर्वाधार विकासमा २० करोड ३९ लाख ३५ हजार ९ सय ३२, शुसासन तथा अन्तरसम्वन्धीत क्षेत्रतर्फ ६३ लाख २८ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २१ करोड ७ लाख ८३ हजार ३ सय २० रुपैयाँ विनियोजन भएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved