संस्कृति बचाउन संगिनी र बालन खैजडी भजनको तालिम

  • असार १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  ब्राम्हण समाज नेपाल धरानले वैद्धिक सनातन धर्ममा चलन चल्तीमा रहेको संगिनी नाच तथा बालन खैजडी भजन लोप हुन लागेको भन्दै संरक्षणका लागि दिएको तालिम शुक्रबारबाट सम्पन्न भएको छ ।

वैवाहिक कार्यक्रम तथा पूजाआजाका समयमा गाइने संगिनी नाच तथा बालन खैजडी भजन संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको ब्राम्हण समाज नेपाल धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीले बताए ।

356182075_1464813870999446_5384792156310197000_n

शुक्रबार धरान ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको सभाहलमा सम्पनन तालिममा ३८ जना महिलाले संगिनीसम्बन्धी तालिम लिएकार थिए भने १४ जना पुरुषले बालन खैजडीसम्बन्धी तालिम लिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

356243719_657067959136752_944223151635663044_n

 

६ दिनसम्म सञ्चालन भएको तालिमको उद्घाटन धरान उपमहानगरपालिका महिला विकास अधिकृत प्रज्ञा निरौलाले गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मनतव्य नगर ब्राम्हण महिला समाजकी अध्यक्ष मैया तिम्सिनाले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन ब्राम्हण समाज नेपाल धरान नगर समितिका सचिव कमल प्रसाद भट्टाईले गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved