आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

  • असार २, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले एक कार्यक्रम गरि धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो ।

सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा सो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको हो ।

सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको उक्त केन्द्र तथा सूचना कक्ष अब पालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गर्ने हुने गरि हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा समृद्धि आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाईँले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पाङ्गमी मगरलाई आप्रवासी स्रोत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण पत्र र हस्तान्तरण विवरण पुस्तिका प्रदान गरिएको हो ।

Aaprabashi-11p

कार्यक्रममा केन्द्र तथा सूचना कक्षका लागि आवश्यक प्रोजेक्टर सहितका सामग्री पनि धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाललाई हस्तान्तरण गरियो हो ।

उत्कृष्ट कार्यसम्पादन गरेबापत आप्रवासी स्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राई, परामर्शकर्ता ओमकुमारी ढुंगाना (सुशिला) लाई आप्रवासी सूचना कक्ष राजारानीका सूचना सहायक सुरेन्द्र लिम्बुलाई सो कार्यक्रमबाट समान गदै प्रशंसा पत्र समेत प्रदान गरीएको थियो ।

कार्यक्रममा धनकुटाका नगर प्रमुख तामाङले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश जाने गरेकाले उनीहरूलाई समस्या रहित रोजगारीको वातावरण निर्माण गर्न आप्रवासी स्रोत केन्द्रले भूमिका निर्वाह गर्ने बताएका छन । युवायुवतीलाई सकेसम्म स्वदेशमै रोजगारीको व्यवस्था गर्ने तथा स्वरोजगार बन्न प्रोत्साहन गर्ने काम अगिसारेर लागि परिरहेको बतामएका छन ।

dhankuta-22p

नगर प्रमुख तामाङले विदेश नै जान चाहनेलाई पनि दक्ष सिपमुलक काम गर्ने योजनामा सहयोग पुर्याउने आप्रवासी केन्द्रलाई नगरपालिकाको मातहत ल्याइएको बताएका छन । धनकुटामा २०७५ पुस २२ गतेदेखि यो केन्द्र सुरु गरिएको थियो ।

तर केन्द्रबाट रोजगारीको खोजीमा रहेका युवाहरूलाई स्वदेशी रोजगारी तथा स्वरोजगार सम्बन्धी सूचना तथा जानकारी दिने र विदेश नै जान चाहनेलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने गरिरहेको थियो । 

विदेशमा समस्या परेकाहरुलाई उद्धार गर्ने र विदेशमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिहरुको अथवा आफन्तलाई राहत प्रदान गर्न सहजिकरण गर्ने, वैदेशिक रोजगारीका क्रममा ठगिएका सम्स्याहरुमा परेकालाई क्षतिपूर्ति तथा न्याय प्रदान गर्न यस केन्द्रले गहिरेर निरन्तर लागि परि सहजिकरण गर्ने उदेश्यले काम गर्ने बताएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved