बिपिलाइ छाता ऐनमा राखेको बिरोधमा मार्च टु काठमान्डू अभियान

  • असार १, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाइ छाता ऐन अन्तर्गत राखेको बिरोध जनाउदै धरानेहरु काठमाडौं जाने भएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितीको नेतृत्वमा हजारौं धराने काठमान्डु पुगेर बिरोध जनाउने भएका हुन् ।

समितिका संयोजक मुक्साहाङ मेन्याङ्बोको अध्यक्षतामा आज प्रतिष्ठानको अडिटोरियम हलमा भएको अन्तरक्रिया कार्यक्रममा ‘मार्च टु काठमान्डु’ अभियान सुरु गरिने बताइएको छ

अभियानले सम्बन्धित मन्त्रालय देखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको छ । कार्यक्रममा नागरिक दबाव समूहका संयोजक डा। राजेन्द्र शर्माले ‘मार्च टु काठमान्डु’ अवधारणाका बारेमा बताएका थिए ।

प्रतिष्ठानलाई छाता ऐनबाट मूक्त गर्ने अभियान सुरु भएको बताउदै डा. शर्माले हाल बैकुण्ठ अर्याल नेपाल सरकारको मुख्य सचिव रहेको उल्लेख गर्दै उनैले प्रतिष्ठान शुद्धीकरणका विषयमा प्रतिवेदन तयार गरेकाले प्रतिष्ठानलाई स्वायत्त रुपमा निर्माण गर्न पहल गर्ने विश्वास व्यक्त गरे ।

अन्तर्क्रियामा धरानका पूर्व जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, बुद्धिजीवि, शिक्षक, प्राध्यापक, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रतिष्ठानका चिकित्सक विद्यार्थी र युवाहरुको उपस्थिति रहेको थियो ।

उपस्थितले प्रतिष्ठानलाई छाता ऐनमा राख्ने कदमको प्रतिरोध गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved