मारवाडी समुदाय सामाजिक कार्यमा सक्रिय

  • जेठ २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  मारवाडी समुदाय पछिल्लो समय सामाजिक कार्यमा सक्रिय भएका छन् । मारबाडी समुदायरुले मारवाडी सवा समिति गठन गरेका छन् । उनीहरुले सबैलाई सक्रिय बनाउने उद्देश्यले मारवाडी युवा मञ्च  समेत गठन गरिसकेका छन् ।

यसैक्रममा मारबावडी युवा मञ्चले धरानको एक विद्यालयलाई पंखा प्रदान गरेको छ र भने विद्यालयमा दन्त शिविरको आयोजना गरेको छ ।

उनीहरुले अत्याधिक गर्मीका कारण विद्यार्थीहरुलाई परेको समस्याको मध्यनजर गरी धरान १७ स्थित पञ्चकन्या माध्यामिक विद्यालयलाई १७ थान पंखा प्रदान गरेका छन् भने धरान डेन्टल अस्पतालको प्राविधिक सहयोगमा विद्यार्थीहरुको दन्त परिक्षण समेत गरिदिएका छन् ।

बाल बालिकामा दाँतको समस्या देखिँदा पनि समयमै उपचार गराउने बालबालिकाको संख्या अत्यन्तै न्यून रहेकाले विद्यालयमै पुगेर शिविरको आयोजना गरिएको धरान डेन्टल अस्पतालका सञ्चालक एवम् बरिष्ठ दन्त रोग विशेषज्ञ डा. नन्दन श्रेष्ठले बताए ।

स्वास्थ्यको समस्या निराकरण र गर्मीमा विद्यार्थीहरुलाई परेको मार्कामा थोरै भएपनि सहयोग पुग्ने उद्देश्यले पंखा वितरणसँगै दन्त शिविरको आयोजना गरिउको मारवाडी महिला मञ्च धरानका अध्यक्ष दिनेशकुमार अग्रवालले बताए । धरान उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य समेत रहेका अग्रवालले सामाजिक सक्रियता बढाउनकै लागि यो मञ्च खोलिएको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास वर्देवा, प्रधानाध्यापक खेमचन्द्र सुबेदीललाई मञ्चले पंखा हस्तान्तरण गरेको थियो

कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका क्षेत्र ‘ख’ का सभापति गोपाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य अंकित मारु, मारवाडी युवा मञ्च धरानका प्रथम उपाध्यक्ष शौरभ अग्रवाल, एकल विद्यालय धरानकी अध्यक्ष आरती अग्रवाल, मारवाडी महिला मञ्चकी पूर्व अध्यक्ष अनिता अटल, नेवार एकता समाज धरानका केन्दीय अध्यक्ष महेश श्रेष्ठ लागयतको उपस्थिति रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved