व्यवहारिक तथा सीपमूलक शिक्षाले मात्रै रोजगारीको अवसर प्राप्त हुने

  • जेठ १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिएका छन ।

विराटनगर–१९ स्थित युमी स्कुलको अभिभावक दिवस कार्यक्रमा सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक र सैद्धान्तिक शिक्षाले मात्रै उत्पादित जनशक्ति श्रमबजारमा सहजै बिक्री हुने बताएका छन ।उनले विद्यार्थीको चाहाना रुचि अनुसारको व्यवहारिक शिक्षा प्रधान गरेर दिक्षित जनशक्ति उत्पादन गर्न सके स्वदेशमा पनि धेरै रोजगारी पाउने अवस्था रहेको बताए ।

कोईरालाले “विदेश नै जाँदा पनि उच्चस्तरको तलब पाउने र त्यसले देशलाई नै फाइदा पुग्ने बताए ।अबको समय प्रविधिको भएकाले विद्यालय तहदेखि नै कम्प्युटर शिक्षालाई जोड दिनुपर्ने उनको भनाइ रहेको छ ।

“यदि आइटीमा राम्रो ज्ञान छ भने घरमै बसीबसी पनि विदेशको काम गरेर राम्रो पैसा कमाउने अवस्था छ ।”शिक्षा क्षेत्रमा आमूल परिवर्तन नभएसम्म मुलुकको विकासले गति लिन नसक्ने विकासको पहिलो आधार शिक्षा भएकाले मुलुकको समग्र विकासका लागि शिक्षाको गुणस्तरमा वृद्धि गर्नु आवश्यक रहेको कोइरालाले औंल्याएका छन ।

सामुदायिक र संस्थागत विद्यालयको गुणस्तर एउटै बनाउन ुपर्नेमा समेत जोड दिएका छन । कार्यक्रममा विद्यालयका सञ्चालक शरण राईले विद्यालयले प्रविधि र सीपमूलक शिक्षालाई उच्च प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराइरहेको बताएका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved