राजधानीमा धरानेहरूको शुभकामना आदानप्रदान सम्पन्न

  • वैशाख १७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ / देशकै सुन्दर नगरी धरानबाट काठमाडौँमा आई विभिन्न पेसा–व्यवसायमा क्रियाशील धरानेहरूले यहाँ नयाँ वर्षको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरेका छन् ।

क्रियाशील नाट्यकर्मी राजेन्द्र रिमालको अगुवाइमा धरानबाहिरका धराने नामक अनौपचारिक समूहले आयोजना गरेको कार्यक्रममा धरानेहरू उल्लेख्य रूपमा सहभागी थिए ।

कार्यक्रममा न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठ, पूर्ववाणिज्य मन्त्री मीन विश्वकर्मा, नेपाल प्रहरीका एआईजी सन्दीप भण्डारी, पूर्वसांसद् जयकुमार राई, नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपाने, नेपाली सेनाका जर्नेल नवराज गुरुङलगायत उपस्थित थिए ।

सो अवसरमा आयोजित औपचारिक कार्यक्रम पत्रकार आनन्द श्रेष्ठले सञ्चालन गरेका थिए ।
कार्यक्रमको आवश्यकता र औचित्यबारे बोल्दै नाट्यकर्मी रिमालले काठमाडौँमा रहेका धरानेहरूबीच सम्पर्क, एकता र आवश्यक पर्दा एकअर्काको सहयोग जस्ता कुराहरू प्राथमिकता रहेको उल्लेख गरे । कार्यक्रममा करीब एक सयजनालाई विभिन्न पुरस्कार वितरण गरिएको थियो ।

कोसेली जुत्ता, रत्न आभूषण ज्वेलर्स, धरान गहना गृह, नगमा–निर्जल, टिप्सी ब्याम्बो रेस्टुरेन्ट, फङ्की हाउस रेस्टुरेन्ट, विनोद श्रेष्ठ राजवंशी, प्रमेश ताम्राकारलगायतले पुरस्कार प्रायोजन गरेका थिए ।

कार्यक्रममा बोल्दै न्याय परिषद्का सदस्य श्रेष्ठले आपूmहरूले धेरै पहिले धरानेहरूको संगठन बनाउने प्रयास गरेको स्मरण गरेका थिए । त्यस्तै, पूर्वमन्त्री विश्वकर्माले अहिले धरान भाइरल सहर भएको बताउँदै धरानले श्रम संस्कृति विकासमा देशकै अगुवाइ गरिरहेको धारणा राखे । धरान राष्ट्रिय बजेटभन्दा पनि आप्mनै बुताबाट बनेको सहर भएको उनको भनाइ थियो ।

कार्यक्रममा लोकप्रिय गायिका रमना श्रेष्ठ तथा गायक सपन श्रेष्ठ, रनक नव बस्नेत, मथुरा श्रेष्ठलगायतले गीत गाएका थिए ।
विश्व संरक्षण सङ्घ (आईयुसीएन) का पूर्वप्रमुख राजेन्द्र खनालले यस्तो कार्यक्रमको आयोजना चानचुने कुरा नभएको बताए ।

त्यस्तै विनय श्रेष्ठले आयोजकलाई परेको आर्थिक भार सबैले बोक्न तयार रहनुपर्ने बताए । प्राध्यापक सञ्जय कोइरालाले अनपेक्षित सङ्ख्याका अत्यधिक सहभागी भए पनि गुनासो गरिहाल्नुपर्ने ठाउँ नभएको उल्लेख गरे ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved