लागू पदार्थ विरुद्धको सचेतना कार्यक्रम सुरु

  • वैशाख १७, २०८०
  • "स्नेहा श्रेष्ठ ।"
alt

विजयपुर /धरान वडालाई नै लागू पदार्थ दुव्र्यसन रहित वडा बनाउने उदेश्यले धरान उपमहानगरपालिका वडा नम्बर ४ मा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । 
धरान उपमहानगपालिका वडा नम्बर ४ को सहयोग र जनता मिडिया हव धरानको आयोजनामा दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ। पहिलो दिनको सचेतना कार्यक्रम शनिवार वडा कार्यालयको भवनमा सम्पन्न भएको छ ।

वडालाई लागु पदार्थ दुर्वशन रहित वनाउनको लागि धरान उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले दुई दिने लागू पदार्थ विरुद्धको दुई दिने सचेतना कार्यक्रम आयोजना गरिएको औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी धरान ४ का  वडाध्यक्ष धन बहादुर राई रहेका थिए ।

राइले विकराल वन्दै गएको लागू पदार्थ दुव्र्यसनलाई न्यूनिकरण गर्न अत्यादिक राम्रो कामको सुरुवात  भएको छ त्यसैले स्थानीय सरकार,प्रहरी र वडावासी मिलेर यो अभियान हामीले शुरुवात गरेको हौं,वेलैमा सचेत बन्न जरुरी छ,सवै सँगको सहयोग,सहकार्य र सल्लाह सुझाव सहित वडालाई दुव्र्यसन मुक्त वडा वनाउन हामी प्रतिवद्धता रहेकाे   बताएका  छन। 

कार्यक्रमको  प्रशिक्षक इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक रन्जन मिश्र ,किरात याक्थुम चुम्लुङ पुर्नजीवन केन्द्र धरानका काउन्सीलर पर्वत राई, नेकपा एमाले जिल्ला सुनसरी सदस्य एवम् धरान उपमहानगर कमिटी इन्जार्च नारायण सुवेदीले सहभागिलाई प्रशिक्षण दिनु भएको थियो  ।

dharan-4-1

प्रहरी निरिक्षक मिश्रले लागू पदार्थ दुव्र्यसनको अवस्था र त्यसको असर बारेमा प्रशिक्षण दिएका थिए।
प्रमुख प्रशिक्षक  मिश्रले धरानमा सवै भन्दा वढी लागु पदार्थ दुव्र्यसनको मुद्धा प्रहरीले हेर्ने गरेको  छ ।

दैनिक आधा दर्जन प्रयोग कर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ त्यसैले लागु पदार्थ दुव्र्यसनकै कारण धरानमा झैं झगडा र हिँसात्मक गतिविधी समेत बढ्ने गरेको हो।कार्यक्रमका प्रशिक्षक पर्वत राईले लागू पदार्थ दुव्र्यसनमा फसेकाहरुलाई कसरी पुन जीवन दिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

युवा के हुन र युवाको जिम्मेवारी के हो भन्ने विषयमा नारायण सुवेदीले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनु भयो । पहिलो  दिनको सचेतना कार्यक्रमा वडा नम्बर ४ को हर्दिया, मनुवाटार,दानावारी,सुमनटार,खैरेनी,वसन्तटार र पत्रंगवारी बाट ३० जना किसोर किसोरीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षतामा आयोजक संस्था जनता मिडिया हव धरानका सल्लाहकार एवम् फोटो पत्रकार संघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले गरेका थियो । सोमबार देखि धरान वडा नम्बर ४ को गैरी गाउँमा दोश्रो दिनको कार्यक्रम आयोजना हुने आयोजक संस्था जनता मिडिया हव धरानले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved