कोकाबाट पानी ल्याउने सहमतिको प्रयास सकारात्मक

  • वैशाख १७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  सीमा विवाद र असहमतिले चर्चा पाएको धरान खानेपानीको कोका श्रमदान महाअभियानमा सहमतिको प्रयास सकारात्मक ढंगबाट अगाडि बढेको छ ।

वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच छलफलमा दुवै पक्षबाट आ आफ्नो कुरा अगाडि राखेका थिए ।

सो अवसरमा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि कोकाबाट पानी ल्याउनका लागि संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गर्नुपर्ने कुरा अगाडि सारेका थिए ।

मेयर कार्कीले सारेका कुरालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान उपमहानगरपालिकाको तर्फबाट सबै माग लिखित रुपमै हुर्ने प्रतिबद्धता जनाएका थिए ।
छलफल शनिवार जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा दुई पालिकाका प्रमुख बीच भएको थियो ।

छलफलले तीन दिन भित्र दुई पालिका बिच लिखित सम्झौता गर्ने र त्यसपछि मात्र वराहक्षेत्रको भू–भागमा खानेपानीको पाइप बिछ्याउने काम गर्ने सहमति भएको थियोे ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ ओम भट्टराई, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा, वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला, वराहक्षेत्रका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved