क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • वैशाख १५, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/  नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा १ दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यतमा प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बिशेष गरी महिला प्रहरी तथा प्रहरी परिवारका सदस्यहरु र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुका र अन्य प्रहरी गरी १५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल क्यान्सर सरभाईबर सोसाईटीको अध्यक्ष प्रतिमा खनाल, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. अस्मिता रायमाझी, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. ज्योती ओझा र नेपाल क्यान्सर सरभाईबर सोसाईटीको बोर्ड सदस्य पुजा कुवँरले आ–आफ्नो अनुभव सहित प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी श्रीमती संघको तर्फबाट नेपाल अर्बुद रोग बिजेता समाजलाई सहयोग स्वरुप नगद दश हजार प्रदान श्रीमति संघकी कोषाध्यक्ष सिजना नेपाल दाहालले प्रदान गरेकी थिइन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved