बुढासुब्बाको महिमा चुलिँदै

  • चैत २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt बुढासुब्बा मन्दिरमा दर्शनपछि टिकटक बनाउँदै चितवनबाट घुम्न आएका महिलाहरु

धरान /  धरान १४ विजयपुरमा रहेको बुढासुब्बाको महिमा चुलिँदै गएको पाइएको छ । नेपालकै एकमात्र बुढासुब्बा मन्दिर विजयपुरमा रहेकोले बुढासुब्बा मन्दिरको नाम सुन्नेहरु यो मन्दिरको ऐतिहासिकता बुझ्ने र दर्शन गर्न आउँनेहरु बढेका छन् ।

अहिले बुढासुब्बा मन्दिर भ्रमण गर्नेहरुको मुख्य केन्द्र विन्दु हुने गरेको छ ।
शनिबार बिहान चितवनको एक हुल बुढासुब्बा मन्दिरमा भटियो । चितवनको सिद्धि विनायक सहकारी संस्थाबाट १ सय ७ जनाको जम्बो टोली विजयपुरको सर्वत्र चर्चा भएको पाएपछि पूर्वको भ्रमणपश्चात् चितवन फर्किने क्रममा धरानको बुढासुब्बा दर्शन गर्न पुगेका हुन् ।

आएकाहरु कोही दर्शन गर्ने, कोही बुढासुब्बा मन्दिर अगाडि टिकटक कैद गर्न व्यवस्था थिए । चितवनमा बुढासुब्बा मन्दिरको महिमा धेरै भएपनि बल्ल समय मिलाएर आएको सहकारीका अध्यक्ष थिरप्रसाद धिताल बताउँछन् ।

अन्य देवदेवीका मन्दिर अन्य ठाउँमा हेर्न र दर्शन गर्न पाउने भएपनि बुढासुब्बा मन्दिर धरानमा बाहेक अर्को ठाउँमा नभएकोले पनि दर्शन गर्न र हेर्नकै लागि आएको उनको भनाई थियो । उनी भन्छन्–‘सायद बुढासुब्बा नेपालको एउटै मन्दिर धरानमा हुनुपर्छ, अन्य ठाउँमा कही भएको थाहा छैन, यो मन्दिरका चर्चा धेरै छ, यसले गर्दा पनि पूर्वको भ्रमणमा आउँदा यो ठाउँ पनि हेरिने र दर्शन पनि गरिने भनेर आएका हौं ।’

चितवनका धितालको टोलीमात्र हैन काठमाण्डौबाट टोली लिएर विजयपुरमा रहेको बुढासुब्बाको दर्शन गर्न पुगेका शंकर श्रेष्ठको टोली पनि सोही दिन बुढासुब्बा मन्दिरमा भेटिएका थिए । धितालको भनाई र श्रेष्ठको भनाई करिब करिब मिल्दोजुल्दो थियो ।

उनले पनि देशका अन्य स्थानमा मन्दिर नभएको र बुढासुब्बा मन्दिरको चर्चा व्यापक भएकोले पूर्व आएको बेला हेर्न र दर्शन गर्न बुढासुब्बा मन्दिर आएको बताएका थिए ।
यहाँ आउनेहरुले स्मरणका लागि टिकटक बनाएर क्यामरामा कैद गर्न पनि बिर्सिदैनन् ।

दर्शनपछि टिकटकमा व्यस्त रहेकी सीता सापकोटाले पूर्व घुम्न आउँदा बुढासुब्बाको स्मरणको लागि साथीभाईसँग टिकटक बनाएको बताइन् । उनले भनिन्–‘पूर्वकै भ्रमण मेरो लागि पहिलो हो, त्यसमा पनि ऐतिहासिक मन्दिर बुढासुब्बा आउने धोको त मेरो पहिलादेखि नै थियो, पहिलो पटक आउन पाउँदा ज्यादै खुशी लाग्यो, पछिसम्म स्मरण रहोस् भन्नकै लागि टिकटक बनाएका हौं ।’

चितनको सीता सापकोटाको टोलीमात्र हैन काटमाण्डौकी सुष्मा श्रेष्ठको टोली पनि बुढासुब्बा मन्दिर परिवारमा टिकटक बनाउन व्यस्त थिए । पहिलोपटक बुढासुब्बा दर्शन गर्न आएकी सुष्माले पनि स्मरणकै लागि टिकटक बनाएको बताइन् ।

धरानको विजयपुरमा रहेका अन्य मठमन्दिरसँगै बुढासुब्बा मन्दिरले पछिल्लो समय आन्तरिक पर्यटक तान्ने गरेको छ । पूर्वको जुनसुकै स्थानको भ्रमण गरे पनि एक पटक यस क्षेत्रमा आएर बुढासुब्बा मन्दिरको दर्शन गरेरमात्र फर्किने गरेका छन् ।

पश्चिमको पोखरा, लम्जुङ, पाल्पा, काठमाण्डौ, चितवन लगायतका ठाउँबाट यो मन्दिरको महिमा सुनेर दर्शन गर्न र हेर्न विजयपुर धार्मिक पर्यटकीय क्षेत्रमा आउनेको संख्यामा बृद्धि हुँदै गएको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved