मिल्स क्रिकेट प्रतियोगिता " घरेलु टिम मिल्स र नरपथगन्ज क्लब विजयी"

  • चैत २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर र नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भएको छ ।
पाहुना टोली दिल्ली युनाइटेड क्रिकेट क्लबलाई ५ विकेटले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भएको हो ।

विराटनगर जुट मिलको खेलमैदानमा मंगलबारको पहिलो खेलमा दिल्लीले दिएको १३१ रनको विजय लक्ष्य पछ्याएको घरेलु टिम मिल्सले ११ ओभर २ बलमा ५ विकेट गुमाई पूरा गर्यो । मिल्सका पवन सरापले २६ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । सुनिल धमालले ३३ रन बनाए । सुनिल महर्जनले १९ रनको योगदान गरे ।दिल्लीका अंकित रोय, रोहित त्रिपाटीले समान २–२ विकेट लिए भने बिवेक पालले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीले १८ ओभर ४ बलमा १० विकेट गुमाइ १३० रन बनाएको थियो । दिल्लीका यबुदिप यादवले ३८ रन बनाए । मोहित पाण्डले २५ रन र अभिरुप गुप्ताले १६ रन बनाए ।बलिङमा मिल्सका मन्जित श्रेष्ठले ३ ओभर ४ बलमा सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । अरुण एरिले २ विकेट र पवन सरापले १ विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा बैशालु क्रिकेट क्लब पटनालाई २२७ रनको फराकिलो अन्तरले हराउँदै नरपथगन्ज क्रिकेट क्लब बिहार विजयी भइ सेमिफाइनलमा पुगेको छ ।

नपथगन्ज क्रिकेट क्बलले दिएको ३१७ रनको विशाल लक्ष्य पछ्याएको बैशालुले १४.२ ओभरमा १० विकेट गुमाइ ८९ रनमा समित भयो । वैशालुका शिवम शर्माले २२ रन बनाए । महिन यादवले १७ रन रअरोज आलमले ११ रनको योगदान दिए ।पटनाका अभिषेक पाठक, दिव्य सिंह र साहिल कुमारले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नरपथगन्ज क्रिकेट क्लब बिहारले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ ३१६ रनको विशाल योगफल खडा गरेका थिए । बिहारका अभिषेक पाठकले २२ बलमा ८२ रनको अर्धशतकीय ईनिङ खेले । भानु आन्नदले २८ बलमा ५९ रन बनाए । साहिल कुमारले २३ बलमा ५७ रन बनाउँदै अविजित रहे ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved