कवितामा पनि पहिचानकै कुरा

  • चैत १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो ।
२२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए ।

यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो ।

कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, कुमार कल्पित, विनय सरगम, तीर्थराज विश्वकर्मा, रोमनाथ ढुङ्गेल, करुणा राई, छविना मगर, सविता लिम्बू, बालकुमारी गुरुङ, दीपा मग्राती, विशालबाबु बस्नेत, प्रकाश दिप्साली, भीम विरही, पराजित पोमू, विशाल भट्टराई, युवराज अधिकारीले कविता प्रस्तुत गरे ।

कार्यक्रम मन्चबाहिर कवि बद्री भिखारी, युद्ध कवि काङ्माङ नरेश, राहेश विद्रोही, चेवन राईलगायतका कविले प्रस्तुत कवितामाथि हौसला प्रदान गरे ।
चतराकी कवि दीपा मग्रातीले ’निभ्न लागेको कुपी’ शीर्षकको कविता मार्फत माहोल बनाइन् । कवितामा उनले वर्गीय समाजको आर्थिक, सामाजिक चेतनाका कारण सिर्जित परिवारको कारुणिकतामाथि व्यंग कसिन ।

कालिकोटका युवराज अधिकारीले ’कतै कतै’ शीर्षकको कविता प्रस्तुत गर्दै जीवन जगतबारे कलात्मक प्रस्तुत गरे । तरहराका विवेक विवश रेग्मीले ’जुत्ता’ शीर्षकको कवितामार्फत प्रेम दर्शनबारे कलात्मक प्रस्तुति दिए ।

धरानका तीर्थराज विश्वकर्माले ’कविता कता हरायो’, मिक्लाजुङका विशाल भट्टराईले ’भगवानको खोज’ शीर्षकको कविता वाचन गरे ।
यस्तै बालकुमारी गुरुङले ’मेरी आमा’, ताप्लेजुङका पराजित पोमुले ’फिलिङ्गो’, रोमनाथ ढुङ्गेलले ’याद’, तरहराका विनय सरगमले ’तिम्रो तस्बिर’, इन्दु नेपाल योन्जनले ’आरा धरान’ , सविता लिम्बूले ’पोखिएको जून’,
कालिम्पोङले विशाल नाल्बोले ’पानी मान्छे’ शीर्षकको कविता प्रस्तुत गरे । धरानका कुमार प्रधान कल्पितले ’राजा दोष’ शीर्षकको कवितामार्फत वर्तमान राजनीतिक नेतृत्व र विचलनको ठाडो प्रतिवाद गरे ।

स्वर्णिम साहित्य समाज वराहक्षेत्रका अध्यक्ष प्रकाश दिप्सालीले ’न्वारनको नाम’ शीर्षकको कवितामार्फत पहिचानका मुद्दा माथि वकालत गरे । दिप्सालीले प्रदेशको नाम पहिचानमा आधारित हुनुपर्ने मत राख्दै विमत्ति जनाए ।

कवि छविना लुङ्गेली मगरले ’फूल फुलाउनु छ’ शीर्षकको कविता प्रस्तुत गरिन् । पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले मुन्धुममा आधारित कविता ’माङ्गेना’ प्रस्तुत गरे । सोलुखुम्बुका कवि विशालबाबु बस्नेतले ’यो कविता’ शीर्षकको कविता प्रस्तुत गरे ।

कवि भीम विरहीले युद्ध कवितामार्फत लडाइँको मैदानमा भोगेको वेदना ’पहिला म मरुँ या मेरो देश’ शीर्षकको कवितामार्फत प्रस्तुत गरे । कवि करुणा राईले ’एक टुक्रा शहर’ शीर्षकको कविता प्रस्तुत गरिन् ।
भानु क्लब भेट्रान्सका अध्यक्ष सुरज राईको सभापतित्वमा सम्पन्ने कविता गोष्ठीको सन्चालन विरेन सुब्बाले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता युवा कवि सुदीप पाख्रिनले गरेका थिए ।

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved