महिला अधिकारका सवालमा सधैँ अगाडि पुलामी

  • फागुन २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / धरानेहरुका लागि अपरिचित नाम होइन मिना पुलामी । राजनीतिक, सामाजिक कार्यमा सक्रिय पुलामी उमेर ढल्किदै जाँदा पनि आफ्नो कर्मलाई निरन्ता दिँदै आएकी छन् ।

उनलाई धरानलेमात्र हैन प्रदेश नं. १ मै राजनीतिककर्मी, महिला अधिकारकर्मीको रुपमा चिन्ने गरिएको छ । २०३६ सालमा राजनीतिमा लागेकी पुलामी एक पटक राष्ट्रिय सभाको सदस्यको उमेद्वार समेत बनेकी थिइन् ।

लामो समयसम्म महिला अधिकारको लागि लड्दै आएको महिला सञ्जालमा अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी थिइन । उनले त्यसबेला महिलाहरुलाई परेका पीरमार्का, अधिकार, घरेलु हिंसा लगायतका कुरामा सक्रिय रहेर धेरै महिलाहरुको उद्धार समेत गरेकी थिइन् ।

महिला सञ्जालको अध्यक्ष नहुँदा पनि पुलामीको सक्रियता घटेको छैन । उनी भन्छिन्–‘म महिला सञ्जालमा आवद्ध भएर धेरै महिला दिदीबहिनीहरुको सेवा गर्ने मौका पाए, अहिले पनि महिला दिदी बहिनीहरुलाई परेको पीरमार्कामा आफू सहभागी भएर सहयोग गर्ने गरेकी छु ।’

उनले महिला हिंसा, उत्पीडनमा परेका महिलाहरुको न्यायको लागि अहिले पनि लड्दै अएकी छन् । विभिन्न संघ संस्थामा काम गरेसकेकी पुलामीले लायन्स कलव लगायत धेरै सामाजिक संघ संस्थामा काम गरिसकेकी छन् । हाल उनी नेपाल मगर महिला संघको केन्द्रीय सदय समेत रहेर महिलाहरुको हक हितमा निरन्तर काम गर्दै आइरहेकी छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved