तारलाई व्यवस्थित बनाऊ

  • फाल्गुन २२, २०७९
  • कोशीपत्र सम्पादक
alt

शहरमा अव्यवस्थित रूपमा झुण्डिएका इन्टरनेट तथा टेलिफोनका तारले शहरलाई कुरूप बनाएको छ । तारको गुजुल्टोले शहरको आकाशलाई एकसाथ फोहोर र जोखिमयुक्त बनाएको छ । यस्ता गुजुल्टिएका तारले कतिपय स्थानमा त जोखिम पनि बढाएको छ । कतिपय स्थानमा तारहरू मान्छेले भेट्ने गरी तलसम्मै झुण्डिएका देखिन्छन् । त्यस्ता स्थानमा दुईपाङ्ग्रे सवारी साधन अल्झिएर दुर्घटनाग्रस्त हुने जोखिम देखिन्छ । 

सेवा प्रदायक कम्पनीहरूले यस्ता तारलाई व्यवस्थित गर्नु आवश्यक छ । पोल र सडकमा तार अव्यवस्थित हुँदा शहर फोहोर देखिएको छ । शहरलाई सुन्दर र सुरक्षित बनाउनु सरकारसँगै हरेक नागरिकको दायित्व हो । त्यसकारण इन्टरनेट तथा टेलिफोन सेवा प्रदायक कम्पनीहरूले पनि यो दायित्वलाई मनन् गर्नु आवश्यक छ । व्यावसायिक कम्पनीहरूको मूल उद्देश्य नाफा कमाउनु अवश्य हो तर यस क्रममा उसले नागरिक दायित्वबाट विमुख हुन पनि मिल्दैन । आप्नो व्यावसायिक उद्देश्यमा अघि बढिरहँदा यस्ता कम्पनीहरूले सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात् गर्नुपर्छ । 

विद्युत्को पोलमा एकपटक तार झुण्ड्याएपछि व्यवस्थित गर्नका लागि दोहोर्याएर आउन आवश्यक नठान्ने कम्पनीहरू थुप्रै छन् । त्यस्ता कम्पनीहरूले आपसमा समन्वय र सहकार्य गरेर तारलाई व्यवस्थापन गर्नुपर्छ । तार व्यवस्थापनका लागि आवश्यक कानुन र नियमावलीहरू बनाउने काममा सरकारले ध्यान दिनुपर्छ । दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरण हो । प्राधिकरणले पनि यस विषयमा ध्यान दिनुपर्छ । 

देशका अधिकांश शहर, बजार, पेटी, गल्लीमा यो समस्या देखिन्छ । यो समस्या देशकै साझा समस्या हो । यसरी अव्यस्थित रूपमा छरिएका र झुण्डिएका केबल तथा तारहरूलाई भूमिगत गर्न आवश्यक कानुनी मापदण्ड बनाउन सरकारले ढिलाइ गर्नु हुँदैन । सबै तारलाई भूमिगत गरिएमा शहर सुन्दर हुने मात्र होइन, सुरक्षाको दृष्टिले पनि प्रभावकारी हुने निश्चित छ । त्यसकारण यसतर्पm सबैको ध्यान बेलैमा जानुपर्छ । 

 

 

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved