स्थानीय सरकार लक्षित वर्गको सेवामा समर्पित दलित समुदायलाई निःशुल्क विमा

  • फागुन १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा /  स्थानीय सरकारले पछिल्लो समय सर्वसाधारणको लागि सरकारको प्रत्याभूति दिन थालेका छन् । स्थानीय स्तरमै आफ्ना नागरिकको सुविधाका लागि विभिन्न प्याकेजहरु ल्याउन थालेका छन् ।

पछिल्लो समय धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्ना पालिकामा रहेका दलितहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम ल्याएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

उनले भने–‘हामीले हाम्रो पालिकामा रहेका दलित समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य विमा गरिदिएका छौँ, यसले उनीहरुलाई थोरै भएपनि राहत मिल्ने कुरामा हामी विस्वस्त छौँ ।’

स्वास्थ्य विमामा ५ जना परिवारका लागि ३ हजार ५ सय रुपैयाँ लिने गरेको छ । परिवारमा ६ जना रहे एकजनाको ७ रुपैयाँ थप्नुपर्ने प्रावधान रहेको छ । पालिकाले यी सबै रकम निःशुल्क गरेर विमा गरिदिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशकुमार यादवले बताए ।

उनले भने–‘साँगुरीगढी गाउँपालिकामा १० वडा रहेका छन्, अहिले हामीले ८ नं वडाबाहेक अन्य सबै वडाको स्वास्थ्य विमा गरिदिएका हौं ।’
उनका अनुसार ९ वडाम रहेका २ हजार १ सय जना दलितको हालसमम निःशुल्क विमा गरिएको बताए ।

उनले भने–‘विमा गराउनेको संख्या अझै छ, तर हाल अहिले हामीले २१ सय जनाको विमा गराइदिएका छौँ, पालिकामा रहेका सबै दलित परिवारको हामी निःशुल्क स्वास्थ्य विमा गरिदिन्छौं ।’

गाउँपालिकाका अध्यक्ष रुम्दालीले गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर साउनदेखि लागू हुने गरी निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई अगाडि बढाएको बताए । उनले भने–‘ उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हौ ।

यसका अलवा हामीले पालिकामा कायरत ५२ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिएका छौंै ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved