२३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप " क्यामरुन सेमिफाइनलमा"

  • फागुन १५, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर /  वागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टोली एभियर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १४ औं मिनेटमा क्यामरुनका साँवा अलिले गरेको गोल नै निर्णायक भएको थियो ।

उनले प्रिन्सको पासमा हेड गोल गरेका थिए । १–० ले पछि परेको बागमती युवा क्लबले दोस्रो हाफमा क्यामरुनलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । १ गोल भएपछि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर सिर्जना गर्न सकेनन् ।

दोस्रो हाफमा बाग्मतीका प्रशिक्षक रोजीत केसीले अनिल राना मगर र विजय घलानलाई मैदानमा प्रवेश गराएपछि बागमतीले खेलमा दबाब बढाएको थियो । दोस्रो हाफको १९ औ मिनेटमा बागमतीका राज भुषाल गोल गर्न चुके । डिबक्स भित्रबाट डिफेन्सलाई बिट गरेर प्रहार गरेको बल आकासिएको थियो ।

दोस्रो हाफको २३ औं मिनेटमा विजय घलानले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो । दोस्रो हाफको ३० औं मिनेटमा अनिल राना मगरले प्रहार गरेको पावरफुल सट क्यामरुनका गोल किपर तासोच एलियनले पञ्च गरे, रिबाउण्डमा विजय घलान गोल गर्न चुके ।

खेलको म्यान अफ द म्याच वागमती युवा क्लबका आयुष राना घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । सोमबारकोे खेल नेपाल पुलिस क्लब काठमाडौ र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा बीच खेल हुने आयोजकले जनाएको छ ।

आठ टिम सहभागी प्रतियोगितामा विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved