२३ औँ बुढासुब्बा गोल्डकप आयोजक पहिलो चरणबाटै बाहिरियो

  • फागुन १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / धरानमा शनिबारबाट सुरु भएको २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो चरणबाटै बाहिरिएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको युनाइटेट खार्साङ फुटबल क्लब (युकेएफसी) ले विजयी सुरुवात गरेको छ ।

धरान १६ रङ्गशालाभएको प्रतियोगितामा भारतको युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले जित हात पारेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकी बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा गएको थियो ।

युकेएफसीका तर्फबाट आकाश प्रधान, राज रौत, सिदान्त क्षेत्री, साहिल राई र सुब्रतो सोरोयनले गोल गरेका थिए भने धरान फुटबल क्लबका तर्फबाट रोम लिम्बु, दोर्जे शेर्मा र मदन लाबुङले मात्र गोल गरेका थिए । रिवस मास्केले हानेको प्रहार भने गोल युकेएफसीका गोल किपर मनोज प्रधानले राकेका थए परिणत हुन सकेन ।

प्रतियोगितामा एकेएअफसीका गोल किपर मनोज प्रधान म्यान अफ द म्याच घोषित भए । उनलाई नगद ३५ हजारसहित प्रमाणपत्र पदान गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालकाका प्रमुख हर्क साम्पाङ राईले गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर साम्पाङले खेलकुद राष्ट्रको गहना भएको बताएका थिए । खेलकुदको विकास गरेर मुलुकलाई समृद्धितर्फ लान सकिने उनको तर्क थियो ।
उद्घाटन समारोहमा विभिन्न जातजातिको झाँकीसहितको ¥याली, खेलसम्बन्धी संघ संस्थाको ¥यालीसँगै गोर्खा व्रिगेड व्याण्डले आफ्नो् प्रस्तुति दिएका थिए । उद्घाटनका आवसरमा प्याग्लाइडिङमार्फत भारत तथा नेपालको झण्डा फहराइएको थियो ।

कोरोना संक्रमण र निर्वाचनका कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिए । सहज बन्दै गएपछि यो प्रतियोगिता सञ्चालन भएको हो । हराउँदै गएको बुढासुब्बा शाखलाई यो वर्षको प्रतियोगिताले जोगाउने प्रयास गरिने आयोजक क्लबका अध्यक्ष किशोर राईले बताए । उनले खेलकुदलाई राज्यले गर्ने सहयोग अत्यन्तै न्यून भएका कारण पनि चाहेजस्तो प्रतियोगिता गर्न नसकेको बताए ।

आठ टिम सहभागी प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved