‘परमादेश सरकारद्वारा देशको अर्थतन्त्र डामाडोल’

  • माघ २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारका समयमा नेपालको अर्थतन्त्र सबैभन्दा धरासायी बनेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सो सयमा अर्थतन्त्र डामाडोल बनेको र अर्थतन्त्र ऋणात्मक अवस्थामा पुग्न लागेको् आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले विराटनगरमा बिहीबारदेखि सञ्चालन भएको सिएनआइ कोशी एक्स्पो उद्घाटनका समयमा सो कुरा बताएका हुन् । उनले भने–‘ पुस १० गते यताको करिब सभा महिनामा देशको अर्थतन्त्र सुधार आएको छ, त्यसभन्दा अगाडि नेपालको अर्थतन्त्र अत्यन्तै धरासायी बनेको थियो ।’

उनले अहिले पनि त्यसबेलाको अर्थतन्त्रलाई उठाउन नसकिएको बताए । उनले भने– ‘हाम्रो जीवन जीविका चलाउन तथा राज्य सञ्चालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौं । यो अत्यन्तै गम्भीर कुरा हो, पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो । त्यही हिसावले देश अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था थियो ।’

cni-expo-pic-(2)

उनले त्यसपछिका दिनमा भने सरकारले गरेको प्रयासले केही सकारात्मक कदमहरु चाल्ने काम भएकाे  र र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको बताए । देउवा नेतृत्वको परामादेश सरकार यो देशको अर्थतन्त्र नाचुक बनाउने मुख्य कारक तत्व बनेको बताउदै अब भने कुरा गरेरमात्र नहुने साँच्चै नै अर्थतन्त्र सुधार गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए । उनले भने–‘डेढवर्ष एउटा नालायक सरकार बन्यो । अर्थतन्त्र ध्वस्त भयो । यस्तो निराशा कहिल्यै आएको थिएन । अब फेरि अर्थतन्त्र उँभो लाग्छ ।

हाम्रा ऋषिमुनीहरु डेढ वर्ष त तपस्या गरेरै बिताउँथे । अलिअलि समस्या आयो भने आत्महत्यै गर्ने ?’ उनले उद्योगीले गरेको आत्महत्याको कुराप्रति इंगित गर्दै भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ । सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिले काँही लाग्यो होला ।’

उनले व्यवसायीको समस्या आत्महत्यालाई इंगित गर्दै भने ‘दौडिँदा लड्यो भने, खेल्दा लड्यो भने घर गएर आत्महत्या गर्ने हो र ? जुरुक्क उठेर दौडनु पर्छ । फेरि खेल्नु पर्छ । म उद्योगी व्यवसायीलाई आत्महत्याको धेरै चर्चा नगर्न आग्रह गर्छु । अरुलाई पनि त्यसमा प्रोत्साहन हुन्छ । त्यो विषय पनि सोच्ने कुरा हो ? यस्तो सोच्न मिल्छ ? यस्तो हुतिहारा हौं हामी ?,’ उनले राजनीति गर्दा हण्डर खाएको कुराको वृतान्त सुनाए । उनले भने ‘मलाई डेढ महिनासम्म केही पनि खान नदिएर प्रहरी हिरासतमा राखेर बुट र लाठी मात्रै हान्थे ।

त्यति गर्दा पनि कहिल्यै पनि मैले कहिले हिम्मत हारिन । ४ वर्ष चिसो सिंढीमा राखेर मन्त्री हुन लागेका होइन भन्दै लात्ताले हान्थे । हुन त प्रधानमन्त्री हुन परेको रहेछ ।’ उनले व्यापारी व्यवसायीहरुको आत्महत्याप्रति इंगित गर्दै यस्तो बाटो नरोज्न सम्झाएका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved