धरानमा प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता

  • माघ १९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको हो ।

आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगितामा बिजेत हुने पुरुषतर्फको टिमले ३० हजार नगद, उपविजताले १५ हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा थ्री पोइन्ट कम्पिटिसन विजेता महिला पुरुष खेलाडीले जनही ३ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । बास्केटबल खेल र खेलाडीलाई व्यवसायिक वनाउनका लागि यस प्रतियोगितालाई सहयोग पुग्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले वताए ।

प्रतियोगिताले धरानसँगै सिंगो प्रदेश १ खेलकुदको शहरको रुपमा परिचय गराउन थप मद्धत पुग्नुका साथै युवा पुस्तामा खेलकुदप्रति सकारात्मक सोच अभिवृद्धि गराउन मद्धत पुग्ने आयोजकको विश्वास रहेको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved