प्रधानमन्त्री दाहाल र प्रदेश १ मुख्यमन्त्री कार्कीबीच भेटवार्ता प्रदेशलाई सरकारलाई बलियो बनाउने प्रतिबद्धा

  • माघ १९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार बिहान प्रधामन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री हिक्कमतकुमार कार्कीबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने ‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई पनि बलियो बनाउन आवश्यक छ, प्रदेश सरकारलाई बलियो बनाउने कुरामा म प्रतिबद्ध छु । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन,संघीय शिक्षा ऐन,संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको प्रधानन्त्रीलाई आग्रह समेत गरेका थिए ।

प्रधानमन्त्री दाहालले प्रदेशले मन्त्रालय घटाएकोमा मुख्यमन्त्री कार्कीलाई धन्यवाद समेत दिए । उनले भने–‘प्रदेश १ ले मन्त्रालयले घटाएर राम्रो काम गरेको छ । यसले मितव्ययिता कायम गर्न सहयोग पुग्छ

पुस २५ गते गठन भएको प्रदेश १ सरकारमा ६ मन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल बनाएको छ । त्यसभन्दा पहिला १३ सदस्यीय मन्त्रिमण्डल रहेको थियो । ९ मन्त्रालय रहने औपचारिक निर्णय गरिसकेको प्रदेश सरकारमा थप दुई मन्त्री नियुक्ति हुन बाँकी छ । यद्यपि, मन्त्रालयको विषयमा आफूसँग कुनै छलफल नभएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

अहिले सामान्य सिष्टाचार भेट गरेकोे बताउँदै मुख्यमन्त्री कार्कीले भने, मन्त्रालयको विषय त्यहीं टुंगो लाग्छ, माथि छलफल गर्नुपर्ने आवश्यकता छैन । प्रदेश १ का मुख्यमन्त्री कार्कीले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका थिए ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved