प्रधानमन्त्री दाहाल र प्रदेश १ मुख्यमन्त्री कार्कीबीच भेटवार्ता "प्रदेशलाई सरकारलाई बलियो बनाउने प्रतिबद्धा"

  • माघ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार बिहान प्रधामन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री हिक्कमतकुमार कार्कीबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने ‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई पनि बलियो बनाउन आवश्यक छ, प्रदेश सरकारलाई बलियो बनाउने कुरामा म प्रतिबद्ध छु । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन,संघीय शिक्षा ऐन,संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको प्रधानन्त्रीलाई आग्रह समेत गरेका थिए ।

प्रधानमन्त्री दाहालले प्रदेशले मन्त्रालय घटाएकोमा मुख्यमन्त्री कार्कीलाई धन्यवाद समेत दिए । उनले भने–‘प्रदेश १ ले मन्त्रालयले घटाएर राम्रो काम गरेको छ । यसले मितव्ययिता कायम गर्न सहयोग पुग्छ

पुस २५ गते गठन भएको प्रदेश १ सरकारमा ६ मन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डल बनाएको छ । त्यसभन्दा पहिला १३ सदस्यीय मन्त्रिमण्डल रहेको थियो । ९ मन्त्रालय रहने औपचारिक निर्णय गरिसकेको प्रदेश सरकारमा थप दुई मन्त्री नियुक्ति हुन बाँकी छ । यद्यपि, मन्त्रालयको विषयमा आफूसँग कुनै छलफल नभएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

अहिले सामान्य सिष्टाचार भेट गरेकोे बताउँदै मुख्यमन्त्री कार्कीले भने, मन्त्रालयको विषय त्यहीं टुंगो लाग्छ, माथि छलफल गर्नुपर्ने आवश्यकता छैन । प्रदेश १ का मुख्यमन्त्री कार्कीले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटवार्ता गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved