हुर्रा नाँचको संरक्षणमा जुटे मगरहरु

  • माघ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

वारी है, खोला नि हौ पारी है खोला
बिचैमा दोभान हौ देशै रमाइलो
हाँसेर नि हौँ पनि, बोलेर नि हौँ
बिताउन जोवन, लङ्घा मजुले..
यो शैली मगरहरुले हुर्रा नाच नाच्दा प्रयोग गर्ने भाका हो । जनसंख्याको हिसाबले नेपालको तेस्रो जात र जनजातिभित्र पर्ने जाति हो । पश्चिमको बाग्लुङ, गुल्मी, प्युठान, सल्यान तथा लम्जुङ क्षेत्रमा बसोबास गर्ने मगरजातिले कौडा नृत्यलाई महत्व दिने गरेका छन् भने पूर्वको धनकुटा, मोरङ, संखुवासभा, सुनसरी, पाँचथर, उदयपुर लगायतमा बसोबास गर्ने मगरहरुले हुर्रा नाचलाई सांस्कृतिक नाँचको रुपमा विकास गरेर लान थालेका छन् ।

मगरजातिको महान चाड सार ल्हेसको पूर्व सन्ध्यामा धरान ५ र ६ मा बसोबास गर्ने मगरहरुले हुर्रा नाचेका छन् । सामुहिक रुपमा उनीहरुले हुरानाच नाचेका हुन् । माघे संक्रान्तिकै दिन उनीहरुको सारल्हेस पर्व पर्ने गर्दछ । हुर्रा नाचको संरक्षणकै लागि उनीहरुले एक दिन अगाडि नै सामुहिक हुर्रा नाच नाचेका हुन् ।

मगर जातिका अगुवाहरुले यो नाचलाई संरक्षण गर्न पुस्ता हन्तान्तरणको प्रयास गर्दै आएका छन् । धरानमा पनि मगरहरुको उल्लेख्य बसोबास रहेको छ । धरान ५ र ६ मा भएको सामुहिक नाचलाई अन्य जातिले समेत राम्ररी नियालेका मात्र थिएन साथ साथ दिएर नाचेका समेत थिए ।

परापूर्व कालदेखि निरन्तर चाडपर्वको अवसर पारेर मनाउदै आएको हुर्रा नाच माओवादी द्वन्द्धकाल र कोरोनाको समयमा प्रभावित बनेको हुर्रा नाँच संरक्षणमा जुटेकी अग्रज जानकीदेवी मगरले बताइन् । २०५३ सालमा नेपाल मगर संघको वडा समिति नै बनाएर उनीहरु मगरको हुर्रा नाच संरक्षणमा जुटेका हुन् । स्थानीय सरकारले समेत यस्ता साँस्कृतिक पर्वको संरक्षणको अभियान अगाडि बढाएको धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले बताए ।

विगतमा घर घरमा नाच्दै आएको हुर्रा नाचलाई सामुहिक रुपमा नाच्न थालिएको नेपाल मगर संघ धरान उपमहानगर समितिका अध्यक्ष चित्र थापा मगरले बताए । उनले संस्थागत रुपले शुभकामना आदानप्रदान गर्दै यो नाचको संरक्षणमा मगर संघ जुटेको बताए । उनले सारल्येषलाई २०६५ साल पुष २३ गतेको मन्त्रिपरिषद्को् बैठकले यो चाँडलाई राष्ट्रिय चाड मान्दै विदा दिएको बताउदै यो जातिको सांस्कृतिक पर्वलाई नेपाल सरकारले महत्व दिएको बताए । मगरहरुले विभिन्न चाडको अवसरमा हुरा नाँचको संरक्षण गर्दै पुस्ताहस्तान्तरण अभियानलाई अगाडि बढाएको छ ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved