कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम सञ्चालन हुँदै

  • माघ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित एक्सिलेटर कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य लिइएको सो कार्यक्रम पाँच महिनासम्म सञ्चालन गरिने भएको छ ।

सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अध्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपीको साझेदारीमा सो कार्यक्रम सञ्चालन हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले जानकारी दिए । उनले भने प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यमा कृषि उद्यम लक्षित कार्यक्रम सञ्चालन गरिन लागेको हो ।

वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राउतले यो कार्यक्रम संचालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताए । बुधवार विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै राउतले प्रदेश १ लाई कृषिको औद्योगीकरणका लागि लगानी आकर्षित गरेर सम्भावनालाई अवसरमा बदल्ने प्रयास गरिने बताए । कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोतसामाग्री र व्यावसायिक परामर्श प्रदान गरी लगानी योग्य बनाउन कार्यक्रमले सहयोग गर्ने अध्यान्तका संस्थापक मनोज पौडेलले जानकारी दिए ।

उनले भने यसले कृषिमा आधारित उद्यमीरुलाई व्यवसाय विस्तरा गर्नका लागि आवशयक स्रोत सामाग्री र व्यवसायिक परामर्श प्रदान गरेर लगानी गर्ने वातावरण तयार गर्ने अपेक्षा हामीले लिएका छौं ।आवेदकमध्येबाट १० वटा उद्यमीहरूलाई छनौट १२ हप्ताको पुँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौती केन्द्रित परामर्श प्रदान गरिनेछ । सम्भावना देखिएका कृषि उद्यमीहरूसँग विज्ञ तथा उद्योगीसँग सम्पर्क गराइने कार्यक्रमको उद्देश्य रहेको छ ।

लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा.सरोज कोइरालाले कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्न सहयोग पुग्ने बताए ।कृषि उद्यमका क्षेत्रमा क्रियाशीलहरूले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिनुनपर्ने जानकारी गराउँदै अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएका अन्य स्थानबाट इच्छुकले आवेदन दिने सुविधा रहेको सो अवसरमा जानकारी गराइएको थियो ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved