नवनियुक्त अर्थमन्त्रीसँग व्यवसायीको भरोसा समस्या समाधान गर्न मन्त्री समक्ष आग्रह

  • पुस २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / बैंकहरुले लिएको चर्को व्याजरको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी तथा व्यवसायीहरुले विहीबार काठमाण्डौ नै पुगेर समस्याको समाधान गरिदिन आग्रह गरेका छन् ।

चरणबद्ध आन्दोलन गर्दै आएका उनीहरुलाई नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग समस्या समाधान गर्नका लागि केही समय अगाडि छलफलमा बोलाएपछि सकारात्मक बनेका उद्योगी, व्यवसायहरुले पुन :काठमाण्डौमै पुगेर स्मरण गराएका छन् ।

विहीबार मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरे लगायत काठमाण्डौ नै पुगेर अर्थमन्त्री पौडेल, सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सुरेश अधिकारीसँग भेट गरी चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति, लोडसेडिङ्ग, आयात तथा भन्सार सम्बन्धि जटिलताहरु लगायत उद्योगी व्यवसायीहरुका विद्यमान समस्याहरुबारे अवगत गराउँदै समाधानका गर्न आग्रह गरेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष रिजालले विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिन आग्रह गरे । उनले नेपाली उद्योग तथा व्यवसायीहरुले भोग्नु परेको समस्या अवगत गराएका थिए ।

उनले भने– ‘सरकारले नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेको छ, नेपाल सरकारले नेपाली उद्योगीहरुलाई सो कोटा बाँडफाँड गर्न सकेको छैन, यसले गर्दा गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भएका छन्, उद्योगीहरु बन्द हुने् अवस्थामा पुगेका छन् ।’

उनले कोटा बाँडफाँडका सम्बन्धमा तत्कालै आवश्यक कदम चाल्न सम्बन्धित पक्षको ध्यानाकर्षणण गराए ।
व्यापारीहरुको् गुनासो सुनिसकेपछि अर्थ सचिव तोयम रायाले नेपाली उद्योगहरुलाई गहुँको कोटा निर्धारण गर्ने कार्यलाई चाडो अघि बढाइने आश्वासन दिएका थिए ।

उनले बैंकहरुले लिएको चर्को व्याजदर तथा बैकिङ नीति सम्बन्धि समस्याहरु निराकरणकालागि आवश्यक कार्यहरु अघि बढाइने आश्वास दिएका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved