मेघामा वाइन वर्कसप

  • पुस २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान मेघा हिमालयन कलेजमा शुक्रबार ‘वाइन वर्कसप’ सम्पन्न भएको छ । वाइन विशेषज्ञ जुना मास्केले सञ्चालन गरेको सो वर्कसपमा मेघामा होटल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू सहभागी थिए ।

m

काठमाडौँकी रैथाने बासिन्दा भए पनि हाल जर्मनीमा बसिरहेकी मास्केले बेलायत र जर्मनीबाट इन्टरन्यासनल वाइन बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टमा डबल अनर गरेकी छन् । मेघा कलेजकै रेस्टुरेन्ट (प्रयोगशाला) मा आयोजित कार्यशालामा उनले विद्यार्थीहरूलाई वाइन बन्ने प्रक्रिया, वाइन सर्भ गर्ने तरिका, वाइनका विभिन्न प्रकार, वाइन गिलासका प्रकार तथा वाइन बनाइने अङ्गुरका विभिन्न प्रकारबारे जानकारी दिएकी थिइन् ।

मास्के ‘नेपाली वाइन लेडी’ का रूपमा जर्मनीमा प्रसिद्ध छिन् । उनले बेलायत, जर्मनी र नेपालका विभिन्न होटलहरूमा वाइन्सम्बन्धी प्रशिक्षण दिने गरेको मेघाका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषण श्रेष्ठले जनाए ।

‘हस्पिटालिटी इन्डस्ट्री र वाइन एकअर्काका परिपूरक जस्तै हो’, उनले थपे, ‘त्यसैले विद्यार्थीहरूलाई विभिन्न तारे होटलहरूमा पाइने वाइनका प्रकार र प्रोफेसनल तरिकाले वाइन सर्भ गर्ने तरिकाबारे प्रशिक्षण दिइएको हो ।’ यसबाट विद्यार्थीहरूमा पेसागत सिपको विकास हुने अपेक्षा गरिएको मेघाका प्रिन्सिपल भाष्कर पौड्यालले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved