नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

  • पुस २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ ।
आइतबारदेखि सुरु भएको चारदिने तालिमको बुधबार समापन गरिएको हो ।

तालिममा उद्घोषण तथा भाषण कला, प्रस्ताव लेखन, कार्यक्रमको तालिका बनाउने,, नेतृत्व क्षमता विकास, सकारात्मक सोचको विकास लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

अग्रज पत्रकार यज्ञ शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत र पत्रकार एवं साहित्यकार मीनकुमार नवोदितले हरेक दिन बेग्ला–बेग्लै विषयमा प्रशिक्षण दिएका थिए । समापन समारोहमा प्रशिक्षार्थीहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले प्रमाणपत्र वितरण गरिन् ।

तालिम लिएर्का गेनादेवी पासवान, रमिता अधिकारी, लक्ष्मी भट्टराई, विजय ठाकुर, अञ्जली राय, करिना ठाकुरलगायतले तालिमबाट आफूमा धेरै परिवर्तन महसुस भएको बताएका थिए । उनीहरूले अब जस्तासुकै कार्यक्रममा पनि बोल्न सक्ने दाबी गरे ।
तालिममा वडाका पूर्व र वर्तमान जनप्रतिनिधिसहित विभिन्न संघसंस्थामा आबद्ध २४ जनाको सहभागिता रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved