प्रशंसनीय काम

  • पुस १३, २०७९
  • "कोशीपत्र सम्पादक"
alt

देशमा निराशा मात्र छैन, केही सकारात्मक कामहरू पनि हुँदैछन् भन्ने आशा जगाउने केही घटना र अभियानहरू छन् । सबै जनप्रतिनिधिहरू गफाडी वा सामाजिक सञ्जालमै झुण्डिएर दिन बिताउनेहरू छैनन्, केहीप् जनप्रतिनिधिहरूले सार्थक अभियान पनि सञ्चालन गरिरहेका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पनि आफूलाई यसरी आशा जगाउने केही स्थानीय तहहरूको लहरमा उभ्याएको छ । वास्तवमा परिवर्तनका लागि ठूलै काम गर्नु पर्दैन । स–साना कामले पनि ठूल्ठूला सकारात्मक परिणाम दिन सक्छन् ।

रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला लालीगुराँस नगरपालिकाले आफ्नाे क्षेत्रलाई जैविक (अग्र्यानिक) कृषि उत्पादन नगरपालिका बनाउन पहल थालेको समाचार आएको छ । यो सकारात्मक विषय हो । रसायन र कीटनाशक औषधि प्रयोग गरिएका खाद्यान्न सेवनले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । यस्ता खानेकुरा प्रयोग नगर्न चिकित्सकहरूले चेतावनी दिने गरेको सन्दर्भमा नगरपालिकालाई नै जैविक कृषि उत्पादन क्षेत्र बनाउने अभियान थालिनु आफैँमा सकारात्मक विषय हो । नगरपालिका र दलित सचेतना समाजले यस्तो अभियान थालेको समाचार प्रकाशमा आएको छ ।

आजभोलि मानिसहरू प्राणघातक र जटिल रोगको शिकार हुने क्रम बढेको छ । मानिसको रोगप्रतिरोधी क्षमतामा पनि ह्रास आएको छ । यस्तो हुनुमा खानपिन र जीवनशैली नै प्रमुख कारण भएको चिकित्सकहरूले बताउने गरेका छन् । मानिसको शारीरिक सक्रियता घटेको छ भने स्वच्छ र स्वस्थ खाद्य पदार्थ पनि उपलब्ध छैनन् । मानिस रोगी हुने क्रम बढ्नुमा रासायनिक मल र कीटनाशक औषधि प्रयोग गरिएका खाद्यान्न पनि कारक रहेको चिकित्सकहरूको भनाइ छ । स्वस्थ जीवनका लागि स्वस्थ जीवनशैली र जैविक कृषि उत्पादनको प्रयोग आवश्यक रहेको विभिन्न अध्ययनहरूले पनि देखाएका छन् ।

यस सन्दर्भमा लालीगुराँस नगरपालिकामा थालिएको अभियान एउटा उदाहरण हुनसक्छ तर यस अभियानलाई सफल बनाउन सबैको समान भूमिका र प्रयास हुनु आवश्यक छ । अभियान सुरु हुनु नै पर्याप्त हुँदैन । अभियान परिणाममुखी हुनु प्राथमिक विषय हो । हाम्रो देशमा सुन्दर कार्यक्रम र अभियानहरू परिणाम दिन नसकेर असफल भएका अनेक उदाहरण छन् । त्यसकारण अभियानलाई साँच्चीकै परिणाममुखी बनाउन नगरपालिका र सहयोगी संस्थासँगै किसान र अन्य पक्षहरूको पनि सकारात्मक पहल र प्रयास आवश्यक छ ।

यो अनुकरणीय र प्रशंसनीय काम हो । अन्य स्थानीय तहहरूले पनि यस्ता सकारात्मक अभियानहरू थाल्नु वाञ्छनीय देखिन्छ । लालीगुराँस नगरपालिकाले सहभागितामूलक प्राङ्गारिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि नै बनाएको छ । खाद्यान्न मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय भएको हुँदा यसमा सबै गम्भीर हुनु आवश्यक छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved