प्रदेश १ का सांसदले पनि लिए सपथ ग्रहण

  • पुस १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ गराएका छन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले लिम्बू भाषा र सुनिता गच्छदार चौधरीले थारू भाषामा सपथ लिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

६ जना सांसदले लिए मातृभाषामा सपथ

प्रदेश १ मा प्रदेशसभा सांसदहरुले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले सांसदहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लिएका छन् । उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१)बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेकपा (एकीकृत समाजवादी) का पाँचथरबाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङबबाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा याक्थुङ लिम्बू भाषामा सपथ लिएका थिए

भने सांसद सुनिता चौधरीले थारू भाषामा सपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved