प्रदेशस्तरीय एसईई आइडल सिजन ५ मा३० उत्कृष्ट विद्यार्थी छनोट

  • वैशाख ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट सहभागी भएका १५० भन्दा बढी विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरी ३० जना उत्कृष्ट प्रतिभा छनोट भएका छन्।

‘शिक्षाका लागि संगीत’ भन्ने नारासहित आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूको गायन, नृत्य र वक्तृत्वकलामा केन्द्रित रही उनीहरूको लुकेको प्रतिभा उजागर गर्ने प्रयास गरेको हो।

प्रतियोगिता फक्ताङलुङ मिडिया हाउस प्रालि को आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू सेमीफाइनल चरणसम्म आइपुगेका थिए।

सेमीफाइनलमा सहभागी १५० जना एसईई परीक्षार्थीहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने ३० जना विद्यार्थीहरूलाई फाइनल राउण्डका लागि छनोट गरिएको हो।

Prasna

प्रतियोगिताको फाइनल राउण्ड आगामी असार ६ गते हुने बताइएको छ।

फाइनलमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

निर्णायक मण्डलमा गायनतर्फ गायिका प्राश्ना शाक्य र विनायक राई, नृत्यतर्फ कोरियोग्राफर प्रितम सम्वाहाम्फे र नृत्याङ्गना रेश्मा राई, भने वक्तृत्वकलातर्फ डा. सुभाष न्यौपाने र प्राध्यापक विद्या झा सहभागी थिए।

प्रतियोगिताका विजेताहरूले आकर्षक पुरस्कार प्राप्त गर्नेछन्:

# गायन र नृत्य विधाका विजेतालाई नगद ५० हजार, प्लस टु निःशुल्क अध्ययन र मुस्ताङ भ्रमणको अवसर।

# वक्तृत्वकलातर्फका विजेतालाई नगद ६० हजार, प्लस टु निःशुल्क अध्ययन र मुस्ताङ भ्रमण।

# फस्ट रनरअपलाई ३० हजार नगद, ५०% छात्रवृत्ति र उपहार ह्याम्पर।

# सेकेण्ड रनरअपलाई २० हजार नगद, ३०% छात्रवृत्ति र गिफ्ट ह्याम्पर।

# साथै, विभिन्न सब-टाइटलहरू पनि प्रदान गरिनेछ।

कार्यक्रमका इभेन्ट म्यानेजर रामबहादुर लिम्बूका अनुसार, प्रारम्भदेखि नै राष्ट्रिय कलाकारहरू निर्णायकको भूमिकामा सक्रिय रहँदै आएका छन्।

तुम्बापोले यस कार्यक्रमले बालबालिकाको लुकेको क्षमता उजागर गर्दै उनीहरूको भविष्यको बाटो खुला गरिदिने विश्वास व्यक्त गरे।

३०जना काे काे छनौट भए त हेर्नुस् !

1747126003435 1747125996386 1747125990350

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved