शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा प्रतिष्ठान उत्कृष्ट

  • पुस ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा नेपालकै उत्कृष्ट सेवा दिने संस्था बनेको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघिय सरकारी अस्पताल तथा देशका स्वाथ्य विज्ञान प्रतिष्ठानहरुको राष्ट्रिय बार्षिक समीक्षा बैठकको प्रतिवेदनबाट वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट सावित भएको हो ।

समीक्षा बैठकमा पेश गरिएका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान गरी नेपाल सरकार अन्तर्गतका ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको प्रगति विवरणको तुलनात्मक अध्ययन गर्दा वी.पी.कोइराला स्वास्थ्य विज्ञानमा बिरामीको चाप बढी हुने संस्थाको रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिबेदन अनुसार प्रतिष्ठानले एक वर्षमा ४ करोड ८१ लख ५ सय १४ जना बिरामीहरुलाई ओ.पी.डी. बाट उपचार सेवा प्रदान गरेको जनाएको छ । प्रतिवेदनका आुसार आकस्मिक कक्षर्मा उपचार पाएका बिरामीको संख्या समेत अन्य प्रतिष्ठानभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्रस्तुत गरिएको प्रतिवेदन अनुसार आकष्मिक कक्षमा ६ लाख ९६ हजार ८१ जना विरामीहरुको उपचार गरिएको थियो भने ४ लाख २९ हजार ४८ जना विरामीहरुले वार्डमा भर्ना भई उपचार गराएका थिए ।
प्रतिष्ठानको आकष्मिक कक्षमो बिरामीको चाप बढेकै कारण आकस्मिक कक्षको सेवामा विस्तार गरेको थियो ।
प्रतिष्ठानमा उपचारार्थ आउने विरामीहरुको मृत्यूदर १.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।यो प्रतिशत प्रतिष्ठान भन्दा कम रहेको तथ्यांकबाट देखिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलले बताए ।

प्रतिष्ठानले लक्षित वर्गलाई निःशुल्क सेवा प्रदान गर्दैू आएको छयो सेवा पनि अन्य संस्थाभन्दा बढी गरेको पाइएको छ । प्रतिवेदनमा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित, विपद् एवम् प्राकृतिक प्रकोपबाट पीडित, गरिब तथा विपन्न आकस्मिक विरामी, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति आदिलाई अवस्था हेरी निःशुल्क वा आंशिक छुट सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरिका स्वास्थ्य संस्थाहरुमा सामाजिक सेवा इकाइकाो स्थापना गरेको थियो ।

यो सुविधामा प्रतिष्ठानले सेवाग्राहीहरुलाई अन्य संस्थाहरु भन्दा बढी सेवा सेवा उपलब्ध गराएको सार्वजनिक गरेको तथ्यांकले प्रष्ट पारेको छ । यसैगरी शैक्षिक कार्यक्रमतर्फ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी ९ वटा शैक्षिक कायक्रमहरु संचालनमा रहेको छन् ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved